बागलुङ, २५ माघ – नेकपा एमालेको भातृ संगगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङले संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिन थालेको छ ।
हालै सम्पन्न जिल्ला भेलाबाट सर्वसम्मत चयन भएको जिल्ला सम्मेलन आयोजक कमिटिको पूर्ण बैठकले जिम्मेबारी बाँडफाँड गर्दै संगठन सृदृढीकरण अभियानलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय गरेको छ । राष्ट्रियताको संरक्षण, व्यवहारिक र वैज्ञानिक शिक्षा, रोजगार र समृद्ध मुुलुक निर्माणका पक्षमा अनेरास्ववियूको संगठन परिचालन गरिने संगठनले जनाएको छ ।
जिल्ला भेलाबाट सम्पन्न जिल्ला सम्मेलन आयोजक कमिटिको शनिवार सम्पन्न वैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा पदाधिकारीहरु संयोजक शेखर खड्का, सहसंयोजक दिनेश थापा, सचिव शिव शर्मा, सहसचिव प्रगति थापा मगर र कोषाध्यक्ष रविना वि.क तथा सदस्यहरु दिपक पुन मगर, बीरबहादुर थापा, रोशन जिसी, सोविता पौडेल, सुरेश रेग्मी, मधु पौडेल, खिमा पुन, रोशन कुँवर, लेखनाथ सापकोटा (प्रदिप) र सौगात खड्का रहेका छन् ।
यस्तै वैठकले संगठन सुदृढीकरणका लागि भुगोल तथा विभागिय जिम्मेवारी प्रदान गरेको छ । क्षेत्र नम्बर १ मा सुरेश रेग्मी, २ मा शिव शर्मा र ३ मा दिनेश थापालाई जिम्मेवारी दिइएको छ । यस्तै बागलुङ नगरपालिकामा लेखनाथ सापकोटा र सौगात खड्का, जैमुनी नगरपालिकामा मिलन पाठक र लक्ष्मण नेपाली, गलकोट नगरपालिकामा रविना वि.क, ढोरपाटन नगरपालिकामा दिपक पुन, काठेखोला गाउँ पालिकामा रोशन कुँवर र बीरबहादुर थापा, ताराखोला गाउँ पालिकामा रोशन जिसी, बरेङ गाउँपालिकामा खिमा पुन, बडीगाड गाउँपालिकामा अनिष पाठक, निसीखोला गाउँ पालिकामा प्रतिक घर्ति मगरलाई जिम्मेवारी दिइएको छ । विभाग अन्तरगत संगठन विभागको प्रमुखमा शिव शर्मा, प्रचार विभाग प्रमुखमा रोशन जिसी, स्ववियू परिचालन विभागमा शेखर खड्का, खेलकूद तथा स्वयंसेवक विभागमा प्रतिक घर्तिमगरलाई जिम्मेवारी दिइएको छ ।
अन्य विभागहरु समेत गठन गरिने जनाइएको छ । भुगोल तथा विभागको जिम्मेवारी अनुसार सबै विद्यालय र क्याम्पस लगायत गाउँपालिका र नगरपालिकामा संगठन निर्माण, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय वैठकले गरेको छ ।
फागुन १४ गते सम्पन्न हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियूलाई विजयी बनाउन सम्पूर्ण विद्यार्थीहरुलाई आव्हान गरिएको प्रचार विभाग प्रमुख रोशन जिसीले बताए । शुक्रवार सम्पन्न जिल्ला भेलाले शेखर खड्का संयोजक रहेको ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको थियो ।