पाल्पा,२५ माघ – पाल्पा जिल्ला दोभान गाविस ३ मा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मुत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
दोभानबाट ज्यामुरे विवाह कार्यक्रम सकेर जन्तीको बाजागाजासहितको समुहलाई घर लैजाने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभान ३ श्रीडाडामा राती ८ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ४० वर्षीय जसविर बकावल मगर, ३० वर्षीय मिन बहादुर थापा मगर, ४९ वर्षीय हरि बहादुर राना र २६ वर्षीय यम बहादुर रानाको मुत्यु भएको छ । मृतक सबै दोभान २ देउरालीका हुन ।
१६ जना घाईतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिप दुघटना भई सडकदेखि ३०० मिटर तल खसेको छ । सडक ओरालो भएको तथा गाडीको ब्रेक फेल भएर दुघटना भएको प्रहरीले जानकारी दिएको छ ।
Previous Articleकुवेतमा माया बस्यो, बुटवलमा युवतीको हत्या
Next Article बदलियो एमालेको रणनीति, दोधारमा कांग्रेस