बागलुङ, २४ माघ – गत बुधवार कुश्मीसेरामा मृत भेटिएका युवकको हत्या गरेको आशंकामा प्रहरीले २ जनालाइ पक्राउ गरेको छ । राती ८ बजे कुश्मीसेरा ८ मा कृष्णबहादुर थापाको शव भेटिएको थियो ।
हत्या आशंकामा कुश्मीसेरा ५ का ३३ बर्षिय भीमबहादुर थापा मगर र बर्ष २५ का बिष्णु थापा मगरलाइ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अन्य तीन जनालाइ पनि नियन्त्रणमा लिएर सोधपुछ पछि छाडेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले अभियुक्त दुइजनाले हत्या स्विकारोक्ति सहितको बयान दिइसकेको बताए ।
मृतकको पोष्टमार्टमबाट टाउकोमा लाठी प्रहारबाट मृत्यु भएको पाइएको र उनीहरुले पनि सोही बारेको स्किारोक्ति दिएका हुन् । पक्राउ परेका दुवैलाइ जिल्ला अदालतले ७ दिन म्याद थप गरेर थप अनुसन्धानका लागि आदेश दिएको छ ।
घटनाको दिन मृतक र पक्राउ परेका सबैले मदिरा सेवन गरेको र साँझमा झगडा भएको थियो । झगडा मिलाएर पठाएपछि पनि फेरी फर्केर आक्रमण भएको बताएको छ । झगडाकै कारण पक्राउ परेका युवाको पनि शरिरमा सामान्य चोट लागेको भेटिएको प्रहरीले बतायो ।
Previous Article२४ माघ २०७३, ढोरपाटन दैनिक
Next Article ‘कार्यकारी र प्राविधिकको लापरबाही’ प्रति आक्रोसित