हिजो अर्थात् आइतबार विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर नेपालमा पनि मनाइएको छ । नेपालमा समाजमा व्याप्त गरेको अन्धविश्वासका कारण नेपालमा वर्षेनि क्यान्सर रोगीको संख्या बढिरहेका छन् । स्वास्थ्यको बारेमा सामान्य सजगत अपनाउन नसक्दा नेपालमा क्यान्सरका रोगी बढिरहेको छन् । पर्याप्त सचेतनामूलक कार्यक्रम गर्न नसक्दा नेपालमा क्यान्सर विरुद्धको दिवस मनाउने क्रम जारी छ । क्यान्सर रोग निबारणका लागि खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यद्यपी पछिल्लो समयमा नेपाली खानपानमा आधुनिकता भित्रिएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् ।
सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा वर्षेनी १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ । धुमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् । खानपानको शैलीमा परिवर्तन ल्याउँदै दैनिक बिहान सामान्य व्यायम गरेपनि क्यान्सर जस्तो घातक रोगबाट बच्न सकिने डाक्टरको सुझाव छ । नेपालको क्यान्सर नियन्त्रणको क्षेत्रमा सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । तर तिनीहरुविच समन्वय र एकरुपता हुन सकेन । अन्य विकसित र छिमेकी मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर नियन्त्रण नीति बन्न आवश्यक छ ।
मुलुकमा क्यान्सर नियन्त्रण नीति किन पनि आवश्यक छ । क्यान्सरका कारणहरु के–के हुन् र के कस्ता उपायबाट क्यान्सर नियन्त्रणमा लिन सकिन्छ भन्ने विषयवस्तुको बोध गरेर सरकारले ती विषयवस्तुलाई आफ्नो नीतिमा समेट्नु पर्छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले क्यान्सर नियन्त्रणको नीति तय गर्न हरेक राष्ट्रहरुलाई आग्रह गरेको थियो । नेपाल पनि सदस्य राष्ट्रको नाताले प्रतिवद्धतामा हस्ताक्षर गरेको हुनाले क्यान्सर नियन्त्रणको नीति ल्याउनु सरकारको कर्तव्य हो । त्यसमै एकिकृत गरेर क्यान्सर नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने हो भने क्यान्सर रोकथामको लागि खासै अतिरिक्त स्रोत साधन आवश्यक पर्दैन । नीति विना नै क्यान्सर नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गर्दा त्यसले लक्ष्य पहिल्याउन कठिनाई हुने र प्रभावकारी नदेखिने भएकाले हामीले नीतिमै जोड दिनुपर्छ । नीति निर्माणको समस्या हुँदा पनि क्यान्सर नियन्त्रण हुन सकेको छैन । क्यान्सर पिडितहरुको उपचारका लागि सरकारले एक लाख रुपैंयासम्म अनुदान दिने कार्यक्रम ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले ल्याएको त्यो कार्यक्रम प्रभावकारी र सर्वसुलभ हुन सकेपनि क्यान्सर रोकथाम गर्न सकिन्छ ।
Previous Article२०७३ माघ २४ गते सोमबारको राशिफल
Next Article बागलुङ नगरपालिका र नगरबासीको आन्दोलन