बागलुङ, २३ माघ – युनिभर्सल सवलाइम एकेडेमी (युएसए) बागलुङको १४ वार्षिकोत्सव विविध कार्यक्रम गरि शनिबार सकिएको छ । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी राम प्रसाद आचार्यले विद्यालयले अहिलेसम्म गरेको प्रगतिको बारेमा प्रशंशा गर्दै उनले विद्यालयका यस्ता कार्यक्रमले विद्यार्थी र शिक्षकको सम्वन्ध सुमुधुर हुने बताए ।
कार्यक्रममा प्यावसनका केन्द्रिय सदस्य विजयराज पन्त, प्रदेश नं ४ का सचिव नवराज श्रेष्ठ, अभिभावक संघका अध्यक्ष सन्तोष कुँवर, नेपाल रेडक्रस सोसाइटीका उपकोषाध्यक्ष होमनाथ शर्मा, विद्यालयका संचालक सदस्य उमाकान्त पौडेल लगायतले बोलेका थिए ।
मुल समारोहमा उत्कृष्ट अभिभावक अमरनीधि पौडेल, लामो समय अध्यापन गर्ने शिक्षक टुकनाथ पौडेल र विभिन्न विधामा वर्ष विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीको हस्तकला प्रद्र्रशनीमा, ड्रोन, रोर्वट, विभिन्न माटोको मुर्तिहरु भोतकानो आदिको प्रर्दशनी र विभिन्न किसिमका भएका खेलहरुको विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, प्रिन्सिपल दल थापाको प्रगति प्रतिवेदन, निवर्तमान अध्यक्ष इश्वरठाकुर पौडेलको स्वागत मन्तव्य र शिक्षकद्धय शिव शर्मा र दिपा रोकाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleसरस्वतीको आँगनमा द्रव्य पिचासको नाँच !
Next Article २३ माघ २०७३, ढोरपाटन दैनिक