धौलागिरीको एकमात्र सुविधा सम्पन्न बाङेचौर खेल मैदानले विस्तारै स्वरुप बदल्दै छ । यसलाई संरक्षण र खेल खेल्नको लागि उपयुक्त बनाउनु हामी सबैको दायित्व हो । बाङेचौर खेल मैदान फुटबलदेखि सबै प्रकारका खेलका लागि लागि उपयक्त नहुँदा सहज रुपमा खेलकुदका गतिविधि संचालन गर्न असहज भएको थियो । बाङेचौर खेल मैदान धौलागिरी अंचलकै गौरवको विषय भएपनि यसको स्वरुप परिवर्तन गर्नको लागि खासै पहल हुन सकेको छैन ।
जिल्ला खेलदुक विकास समिति र जिल्ला फुटबल संघका विगतको नेतृत्वले पर्याप्त पहल नगर्दा ठूलो रकमको गोल प्रोजेक्ट नै गुम्न पुगेको थियो । अखिल नेपाल फुटबल संघ एन्फामा भएको आर्थिक घोटलाका कारण विदेशीले उपलब्ध गराएको गोल प्रोजेक्ट नै गुम्न पुगेको तितो यथार्थ हामीसामु छ । तर पछिल्लो समयमा निजी क्षेत्र र सरकारी निकायले सक्रियताका कारण बागलुङमा ठुलो रकम लगानी भित्रिन लागेको छ । सबैको सहकार्यका कारण बाङेचौरले अहिले सिधा चौरको उपमा पाउन थालेको छ । बाङेचौर खेल मैदानमा अहिले करिब ३० लाख भन्दा बढी रकम लगानी भएर सम्याउने, स्तरउन्नती गर्ने काम भैरहेको छ । सरकारी निकायले चौरको स्तरोन्नतिका लागि गरेको त्यो रकम पर्याप्त नभएपनि निजी क्षेत्रले पनि चौरको बारेमा लगानी तथा संरक्षणको काम गर्दै आएको छ । जिल्ला खेलकुद विकास समितिले चौरमा अहिले लगानी बढाउँदै गएको छ भने दलितको क्षेत्रमा काम गर्दै आएको दलित युवा संंजाल बागलुङले पनि करिब ५ लाख रुपैयाँ लगानी गरेको छ । जसका कारण मैदान जस्तो देखिन थालेको छ । जहाँ दैनिक र समय समयमा जिल्ला स्तरीय खेल प्रतियोगिताहरु नियमित रुपमा चल्न थालेका छन् ।
सरकारी र निजी क्षेत्रको पहलमा बाङेचौरमा गरिएको लगानीबाट मैदानमा खेल खेल्न समेत सहज भएको छ । पछिल्लो समय बागलुङ चौरमा आएको परिवर्तन संगै खेलाडिको संख्या पनि बढ्दै गएको छ । बागङेचौ्रलाई समथर बनउनको लागि सकिएपनि मैदानमा दु्बो नहुँदा खेलाडिहरु खेल खेल्दा लडेर गंभीर घाइते पनि भएका उदाहरण छन् । तसर्थ अझै पनि त्यसको स्तरउन्तीका लागि धेरै काम गर्न आवस्यक छ । बांगेचौर मैदानलाइ बागलुङ रंगशाला बनाउन सकिने संभावना छ । तर त्यसका लागि खेल र विभिन्न प्रतियोगिताको अवसरमा दर्शकहरु बस्ने प्याराफिट बनाउन आवस्यक छ । धुलो र हिलो भैरहने समस्या हटाउनका लागि हरियाली बढाउने, आर्कषक र हजारौं दर्शकले सहज रुपमा हेर्ने प्याराफिट निर्माण गर्न पनि अझै लाखौं रकमको आवस्यकता छ । राज्यतहबाट उपेक्षित खेल क्षेत्रलाइ जिल्ला विकास समिति, नगरपालिका र अन्य सरोकारवालाले पनि चासो नदिंदा यस्ता अभियानहरुले पूर्णता पाउन नसकेका हुन् । खेल भैरहेको समयमा खेलाडी लडेर घाइते हुने अवस्थालाइ तत्काल अन्त्य गर्नकालागि पनि हरियाली बनाउन आवस्यक छ भने खेलकै समयमा हुन सक्ने मनमुटाव देखि झगडा सम्मलाइ व्यवस्थित बनाउने अभियान पनि चाल्न आवस्यक छ । आगामी दिनमा बागलुङमा आउने कुृनै पनि प्रोजेक्ट फिर्ता नहुने र खेलको बिकास गर्ने अभियानमा सबैको चासो बढ्न सकेमा राष्ट्रिय खेल जीवनमा बागलुङले पनि उल्लेख्य योगदान गर्न सक्ने संभावना छ ।
Previous Article२०७३ माघ २३ गते आईतबारको राशिफल
Next Article सरस्वतीको आँगनमा द्रव्य पिचासको नाँच !