बागलुङ, २१ माघ/समाजमा दुव्र्यसनीको संख्या बढ्दै गएपछि बागलुङमा आमाहरुको सक्रियतामा दुव्र्यसन न्यूनिकरणका लागि अभियान थालिएको छ । आमाहरुलाई सचेत बनाउदै समाजमा बढ्दो दुव्र्यसन रोक्नका लागि बागलुङको एक सहकारीले अभियान थालेको हो ।
आदर्श सञ्चार सहकारी संस्था बागलुङले बिहिबारबाट बागलुङमा दुव्र्यशनी विरुद्ध आमाहरु कार्यक्रम संचालनमा ल्याएको छ । जिल्लाका सरोकारवाला निकायहरुसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर संस्थाले यस्तो जानकारी दिएको हो । अभियानका क्रममा जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा बागलुङ नगरपालिकाका ११ वटै वडा तथा ७ वटा गाविसमा चेतनामुलक कार्यक्रम सञ्चालन गरिने संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिए । कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सहकारीले नाफामा मात्र केन्द्रित नभएर सामाजिक कार्यमा लाग्नु सकारात्मक भएको बताए । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एंव सल्लाहकार मनकुमारी केसीले आमासंग सन्तानको परिवारका अन्य सदस्यको भन्दा नौं महिना बढीको सम्बन्ध हुने भएको भन्दैं प्रत्येक आमालाई सन्तानको अरुभन्दा बढी चासो हुने बताइन् ।
कार्यक्रममा नेपाली काँङग्रेसका कोषाध्यक्ष उमेश गौतम, नेकपा एमालेका सचिव लालबहादुर थापा, राप्रपा बागलुङका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष र सामुदायीक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगाएतले बोलेका थिए । उनीहरुले एउटा व्यक्ति दुव्र्यशनीमा फस्दा सिङगो समुदायर राष्ट्रलाई मार्गदर्शन गर्नसक्ने व्यक्तिको अभाव हुने भन्दैं युवाहरुलाई सिर्जनात्मक र रचनात्मक कार्यक्रमा लगाउनुपर्ने बताएका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक चन्द्र कुँवेर खापुङले लागुऔषध दुव्र्यसनीको बारेमा कार्यपत्र प्रस्तुत गर्दै दुव्र्यसनीलाई सुधारात्मक दण्ड अवलम्बन गर्नुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका संचालक, सेयर सदस्य, सामाजिक परिचालिका र बा.न.पा १, २ र तिनका अगुवा आमाहरुको उपस्थिती रहेको थियो । संस्थाले बागलुङ नगरपालिकाका ११ वटा वडा र रेश, सिगाना, पाला, भिमपोखरा, तङग्राम, रायडाँडा र धम्जा गरी सात वटा गाउँ विकास समितिमा दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रमको सञ्चालन गर्न लागेको जनाएको छ ।