काठमाडौं, २१ माघ – कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग प्रेम गरेर भागेपछि गाउँका अभिभावकले छोरीहरुलाई एक सातसम्म विद्यालय पठाएनन् । घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वारदेवी माध्यमिक विद्यालयको हो ।
यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो ।
‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि अभिभावक छोरीलाई विद्यालय पठाउन मान्दैनन्’, पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादवले भनिन् ,‘जति सम्झाए पनि अभिभावक छोरीलाई स्कुल पठाउन मान्दैनन् ।’ सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन्।
उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा-पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठ गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्नपूर्ण पोस्ट्
Previous Articleस्थानीय निर्वाचनको प्रक्रिया बढाउने मन्त्रिपरिषद्को निर्णय
Next Article को बन्ला नयाँ आईजी ? अस्वाभाविक दौड र ‘सौदाबाजी’