काठमाडौं, २० माघ – मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय निकाय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । स्थानीय निकायको निर्वाचनको लागि आवश्यक पर्ने सबै कानुन बनिसकेकाले निर्वाचनको प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको बैठकपछि मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।
बैठकले पुनर्सरचना आयोगको प्रतिवेदन अध्ययनको लागि स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा मन्त्री दीपक बोहरा र नविन्द्रराज जोशी सम्मिलित टोली गठन गर्ने निर्णय गरेको छ । टाेलीलाई जेठ १० गतेभित्र अध्ययन प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।बैठकले चीनको गोन्जाओको महाबाणिज्य दूतमा सहसचिव रवी भट्टराइलाई पठाउने निर्णय गरेको छ ।
बैठकले शिशिरकुमार ढुंगानालाई सचिवमा बढूवा गरेको छ भने एमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।बैठकले स्थानीय निर्वाचनको वातावरण बनाउन सबै दलहरुसँग वार्ता गर्ने निर्णयसमेत गरेको छ ।
स्थानीय निर्वाचनको प्रक्रिया बढाउने मन्त्रिपरिषद्को निर्णय
Previous Articleबान राष्ट्रपतिमा नउठ्ने
Next Article प्रेम गर्ने डरले जब छोरीलाई विद्यालयनै पठाएनन् !