काठमाडौं, २० माघ – स्वतन्त्र मधेस नाम दिएर अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ । उनलाई जनकपुर प्रहरीले विहिवार साढे ३ बजे माछाबजारस्थित डेराबाट पक्राउ गरेको हो । सिरहा प्रहरीको आग्रहमा राउतलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै उनलाई सिरहा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय सिरहाले मुद्दाको अनुसन्धानको लागि पक्राउ गरी पठाइदिनू भनी गरेको अनुरोधका आधारमा उनलाई पक्राउ गरिएको बताए । सप्तरी घर भएका राउत केही समययता जनकपुर बस्दै आएका थिए । राउतले केही साता अघि लहानमा आयोजित एक सभामा देश टुक्र्याउन अभिव्यक्ति दिएका थिए ।
Previous Articleस्थानीय निकायको निर्वाचन सम्बन्धी विधेयक पारित
Next Article चुनाव गरेर संकट हटाउनुपर्छ – अध्यक्ष ओली