काठमाडौं, २० माघ – व्यवस्थापिका संसदको बिहीबारको बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। विधेयक पारित भएसँगै सरकारलाई निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ। बिहीबार पारित भएको विधेयकसँगै निर्वाचन सम्बन्धी चारवटा विधेयक पारित भएका छन् । अब राजनीतिक दल सम्बन्धी विधेयक पारित हुन बाँकी छ ।