बागलुङ, २० माघ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङले आफ्नो ५४ औ बार्षिकोत्सव बिभिन्न साप्ताहिक कार्यक्रमका साथ मनाईएको छ । क्याम्पसले बुधबार एक मूल समारोहको आयोजना गरी बिभिन्न क्याम्पसका उत्कृष्ट कर्मचारी, प्राध्यापक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमका बिजयी विद्यार्थीलाई सम्मान एबं पुरस्कृत गरेको छ । सो अवसरमा बिद्याबारिधी हासिल गर्ने अर्थशास्त्र संकायका सह–प्रध्यापक डा. सुर्दशन सिलवाल, मानविकी संकाय तर्फका उप–प्रध्यापक डा. ईश्वरीप्रसाद कँडेल र बरिष्ठ कर्मचारी गुरुप्रसाद कँडेललाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उत्कृष्ट एवं सम्मानित सबैलाई क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष एबं समाजसेवी देबबहादुर श्रेष्ठ र क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले पुरस्कार एवं सम्मान प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष एवं समाजसेवी देबबहादुर श्रेष्ठले क्याम्पसको विकास तथा शैक्षिक गुणस्तरका लागि सबैको सहकार्य र समन्वय हुनुपर्ने बताएका थिए । उनले मुलुकमा उत्पन्न राजनीतिक अस्थिरताको असर शैक्षिक क्षेत्रमा समेत पर्न गएको चर्चा गर्दै अबको शिक्षा प्रणाली बैज्ञानिक र व्यवहारिक हुनुपर्नेमा जोड दिए । श्रेष्ठले क्याम्पसका उत्पन्न सबैखाले समस्याको साझा अभियानको माध्यमबाट समाधान गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, नेकपा माओबादीका जिल्ला इन्चार्ज विकीरण क्षेत्री र नयाँ शक्ति पार्टीका कृष्ण सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । त्यसैगरी पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार कोपिला कँडेल, त्रिबि इकाई अध्यक्ष डिल्लीराज गौतम, कर्मचारी सघंका सभापति डोलेन्द्रराज शर्मा, स्वबियु सभापति चिरञ्जीवी गौतम, पुर्वस्ववियु सभापति गोबिन्द नेपाली, हिराबहादुर केसी, नेबि संघका सहमहामन्त्री हरिहर शर्मा, नेबी संघ ईकाई समितिका सभापति राजु केसी, अनेरास्वबियुका अध्यक्ष शेखर खड्का, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिनेशबिक्रम चन, अनेरास्वबियु छैठौका दिलिप बुृढाथोकी, नयाँ शक्ति पार्टीका प्रकाश केसी, आंशिक प्राध्यापक संघका सभापति बिष्णुप्रसाद चापागाई र विद्यार्थी सुरेस रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले एक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम क्याम्पस प्रमुख उपाध्यायको अध्यक्षता, विद्यार्थी कल्याण मञ्चका प्रमुख हरिप्रसाद पाण्डेको स्वागत र सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।