बागलुङ, १६ माघ/जिल्लाको भीमापोखरा गाविसस्थित एक परिवार किरिया खर्च नहुँदा समस्यामा परेको छ । भीमापोखरा–८ निवासी नन्दकली विकको परिवार अत्यन्त नाजुक आर्थिक अवस्थाको कारण स्वर्गीय पति ओमबहादुर विकको किरिया खर्च समेत जुटाउन नसक्दा हिन्दु संस्कार अनुसार काजकिरिया उम्काउने समस्यामा परेको हो । दुई चार पैसा कमाउन भारतको नयाँ दिल्ली पुगेको विकको माघ १० गते विदेशमै मृत्यु भएपछि विक परिवार विचल्लीमा परेको छ । माघ ९ गते राती खाना खाएर सुतेका विक विहान अचेत अवस्थामा रहेका परिवारले जनाएको छ । अचेत अवस्थामै अस्पताल पु¥याए पनि सफल उपचार हुन सकेन । मृतक विकको एक श्रीमति, दुई छोरा र तीन छोरी आश्रित परिवार रहेको छ । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको छाक टार्दै आएको विक परिवारमा हाल ‘मानो÷भेटीे’ लिएर भेट्न आउने आफ्न्त तथा छिमेकीहरुलाई चिया खुवाउने चिनी समेत किन्ने क्षमता नहुँदा समस्या भएको मृत विककी श्रीमति नन्दकली विकले बताइन । ‘म कोराभित्र छु, दुई चार पैसा कसले जुटाईदिन्छ’ विकले भनिन्– आफन्तहरु आउँदा एक छाक भात खुवाउन समेत मुस्किल परेको छ ।’ दुई महिना अघि मात्र बुवासँग रोजागरीको लागि भारत पुगको जेठो छोरा पनि बुबाको मृत्यु पश्चात घर फर्केपछि परिवारमा आर्थिक स्रोतको ढोका पुरै बन्द भएको छ । अन्य छोरी र छोरा विद्यालय तहमा अध्ययरत रहेका छन् । विकको मृत्युले परिवार बिचल्लीमा परेको छ । मृतक विकमाथि पूर्ण आश्रित परिवारले कापी कलम किन्न समेत नसक्ने अवस्था रहेको स्थानीय यामबहादुर विकले बताए । परिवारले आर्थिक स्रोत जुटाउन नसक्ने अवस्था भएपछि छरछिमेक र आफन्तसँग दुई चार पैसा संकलन गरी किरिया खर्च जुटाउने प्रयत्न भएकको विकको भनाई छ । ‘घर परिवारको विचल्ली छ, मर्ने त मरि गए बाँच्नेहरुको दैनिकी कसरी चल्ने हो अन्यौलमा छ’ विकले भने ।
Previous Articleअब बागलुङ पनि फुटसल खेल्न पाइने
Next Article १६ माघ २०७३, ढोरपाटन दैनिक