लक्ष्मी भूसाल
म कार्यरत अस्पतालको क्यान्सर विभागमा काम गर्दा जुम्लाका धीरबहादुर तामाङ पेटको क्यान्सर भएर उपचारका लागि आउनुभएको थियो । अप्रेसनपछि केमो लगाउन आइरहनुहुन्थ्यो उहाँ । बीचमा रेडिएसन पनि लिनुपर्ने भयो ।
एकपटक उहाँ घरासयी कामले जुम्ला जाँदा भक्तपुर अस्पतालमा लिनुपर्ने एउटा रेडिएसन छुटेछ । पछि एक्कासि गाह्रो भएपछि फेरि अस्पताल भर्ना हुनुप–यो उहाँलाई । पेटमा पानी जम्ने र ज्वरोको समस्याले गाह्रो बनाएछ ।
अस्पतालमा भर्ना भई वार्डमा उपचार गरेर १०/१२ दिनको उपचारपछि निको भएर उहाँ घर फर्किनुभयो । घर गएको एक सातापछि त्यही समस्या लिएर उहाँ फेरि अस्पताल आउनुभयो । रोगले च्याप्दै गएका कारण उहाँको अनुहार कालो र वृद्ध जस्तो देखिएको थियो । ३२ वर्षको उमेरमा उहाँका पाँच छोरी भइसकेका रहेछन्, परिवारको आर्थिक अवस्था भने ज्यादै कमजोर ।
पर्याप्त रेखदेखका बावजुद रोगले च्याप्दै गएपछि उपचारको क्रममा एकदिन उहाँको निधन भयो । निधन हुनुभन्दा अघिल्लो रात उहाँले हामीसँग निकै दुखेसो र पीडा पोख्नुभयो । ‘सिस्टर, तपाईंहरूलाई मैले धेरै दुःख दिए । रात दिन नभनी तपाईंहरू मेरो उपचारमा खटिनुभएको छ । मेरो रोग निको पनि हुँदैन, म मर्दैछु । तपाईंहरूको गुन कसरी तिरौं ?’ भनेर रुनुभयो ।
उहाँको त्यो चित्कार सुन्दा हामीलाई पनि ज्यादै नरमाइलो लाग्यो । त्यस अवस्थामा पनि हामीले उहाँलाई आत्मबल प्रदान गर्न कोशिश गरिरहेका थियाैं । दाइको मृत्यु भएको भोलिपल्ट बिरामी कुर्न बसेका दुई भाइहरू अस्पताल आएर हामीसँग हात जोडेर उस्तैगरी ‘सिस्टर, तपाईंहरूको गुन कसरी तिरौं ? तपाईंहरूको निःस्वार्थ सेवा कहिलै भुल्ने छैनाैं,’ भनेर रोए ।
क्यान्सरको बिरामी भएकोले उपचार गर्दा सबै पैसा सकियो, दाइ पनि रहनुभएन, दाइ बितेपछि ती पाँचवटा नानीहरू बिचल्लीमा परे भनेर बिलौना गरे । हामीहरूले उहाँहरूलाई सम्झाएर पठायाैं । अस्पतालमा काम गर्दा यस्ता घटना बारम्बार आइरहन्छन् । बिरामीको राम्रो केयर गर्दा उनका परिवारले पनि शीतल महसूस गर्छन् ।
नर्सहरूमाथि बिरामी कुरुवासँग झर्केर रुखो बोल्ने गरेको, बिरामीको पर्याप्त केयर नगरेको, ड्युटीको समयमा पनि फेसबूक चलाएर अनि फोनमा कुरा गरेर बसेको भन्नेजस्ता आरोप सुन्ने गरिन्छ । केही नर्स त्यस्ता पनि होलान्, तर एकदुईजनाले त्यसो गरे भन्दैमा सबैलाई आरोप लगाउनु गलत हो । नर्सहरू रुखो व्यवहार गर्ने भए आफन्त मरिसकेपछि पनि ‘कसरी गुन तिराैं?’ भन्दै बिरामी कुरुवाहरू अस्पतालमा भेट्न आउने थिएनन् । आफ्नो पेशाप्रति इमान्दार नभएका केही नर्सहरू बिरामीसँग झर्केर बोल्छन् होला । तर नर्सहरूको धर्म नै हो बिरामीको सेवा गर्ने र उनीहरूसँग मीठो बोल्ने ।
अस्पतालमा २४ घण्टा बिरामीको सेवामा खटिने नर्स निःस्वार्थ भावले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका हुन्छन् । नर्सहरूको मीठो बोली, काउन्सेलिङ र बिरामीको कुरा सुनिदिँदा उनीहरूले आफ्नो रोग आधा कम भएको महसूस गर्छन् ।
नर्सिङ पेशामा कष्ट र सन्तुष्टि उत्तिकै छ । अस्पतालमा आएका बिरामी निको भएर घर जाँदा बिरामी जत्तिकै हामीहरू पनि खुशी हुन्छाैं । कहिलेकाहीँ बिरामी र बिरामी कुरुवाले नबुझ्ने, जति सम्झाउँदा पनि कुरो नबुझ्ने, रिसाउने र कराउने गर्छन् । बिरामीका भावना बुझेर उनीहरूलाई सरल भाषामा मीठो बोलीमा सम्झाएमा उनीहरूले बुझ्छन् ।
बिरामी कुरुवाले आफ्नो एउटा मात्र बिरामी सम्झिन्छ, हामीले उसैको बिरामीलाई मात्र हेरोस् भन्ने उनीहरूको चाहना हुन्छ । तर नर्सले सबै बिरामीलाई उत्तिकै हेरचाह र रेखदेख गर्नुपर्ने जिम्मेवारी हुन्छ । कुनै पनि समयमा कुनै बिरामीको अवस्था क्रिटिकल भयो भने उसलाई उपचार गरेर समस्या सुल्झाउनुपर्छ । यस्तो बेलामा अर्को बिरामीले आफूलाई समय नदिएको, नहेरेको वा उपेक्षा गरेको महसूस गर्छ । तर नर्सले अरू बिरामीलाई पनि उत्तिकै चासो दिइरहेकै हुन्छ ।
बिरामी कुरुवा चाहिँ मेरो बिरामीलाई मात्र हेरिदिऊन् भन्ने अपेक्षा राख्छन् । यहीँनेर कुरुवालाई नर्सहरू रुखो बोलेको भान पर्न सक्छ । खासमा त्यस्तो हुँदै होइन । हामीले भूमिका देखाउने पनि यस्तै बेलामा हो । बिरामी र बिरामीका कुरुवालार्ई काउन्सेलिङ गर्न सक्नु पनि नर्सको सीप हो ।
बिरामीको सेवा गर्नु नै नर्सको धर्म हो, फ्लोरेन्स नाइटिङ्गेलले सिकाउनुभएको हो । आफूहरूको उपचार गर्ने भएकाले बिरामीहरू डाक्टर र नर्सलाई अत्यन्त आदर गर्छन् । मानिसहरू बिरामी भएको समयमा आफूलाई अत्यन्त कमजोर ठान्छन् र अरूको मद्दत सहयोगको अपेक्षा राख्छन् ।
त्यस्तो बेला नर्सको मीठो बोली र राम्रो व्यवहारले बिरामीहरूले निको भएको महसूस गर्छन् । हामीहरू मीठो र शिष्ट बोल्दा बिरामीलाई आराम पुग्छ भने मीठो बोलौं । मीठो बोल्दा हाम्रो के बिग्रन्छ र ?
(लेखिका ओम हस्पिटलमा कार्यरत नर्स हुन् )