बागलुङ, १४ माघ – नक्सा पास मापदण्ड सम्बन्धि नीति जारी गरी पुरानो सहमति अनुसार मापदण्ड कार्यान्वयन हुनुपर्ने लगायतका बिषयमा असन्तुष्ट जनाएका नगरबासीले जिल्ला प्रशासन कार्यालयमार्फत स्थानिय विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टी जनाउदैँ विभिन्न चरणका आन्दोलन गरिरहेका नगरबासीले ज्ञापनपत्र बुझाएका हुन । तत्काल सरोकारवाला निकाय संघ वार्ताको वातावरण बनाई समस्याको निकासको लागि दबाव दिन नगरबासीसंग संकलन गरेको हस्ताक्षर समेत बुझाएका छन् । पुरानै सहमति कायम गर्नुपर्ने माग गर्दै उनीहरुले विरोध स्वरुप हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको बताएका छन् । बिहिबार बागलुङ बजारमा नगरपालिकाविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका स्थानियले प्रशासनका प्रशाससकिय अधिकृत कृष्णराज गौतममार्फत स्थानिय विकास मन्त्रालयमा ज्ञापनपत्र तथा नगरबासीको हस्ताक्षर बुझाएका हुन् । विरोधस्वरुप संघर्ष समितिले परिषद, नगरपालिकामा तालाबन्दी, हस्ताक्षर अभियान संचालन गरेको संघर्ष समितिले नगरबासीले भवन नक्सा पास मापदण्ड सम्वन्धि प्रष्ट नीति जारी गर्न, गत पौष २८ गते भएको सहमति कार्यान्वयन, योजनाहरुको सम्झौता, सञ्चालन र फरफारकमा हुने अनियमितता, आर्थिक चलखेल बन्द गर्नुपर्ने माग राखेका छन् । सेवाग्राहीको पहुँचको आधारमा गरिने व्यवहारको अन्त्य गर्दै नगरपालिकाले प्रदान गर्ने सेवा जनतामुखी हुनुपर्ने नगर सुधारौ अभियानका संयोजक पद्यमचन्द्र राजभण्डारी बताए ।
Previous Article१४ माघ २०७३, ढोरपाटन दैनिक
Next Article लायन्स क्लबको क्याबिनेट बैठक हुने