बागलुङ, १३ माघ/बागलुङ समाज बेल्जियमको दोश्रो अधिवेशनले गंगाप्रसाद शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । बागलुङ जिल्लामा जन्मिएर हाल बेल्जियममा बसोवास गर्ने बागलुङेद्धारा स्थापित समाजले १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा महेन्द्र पन्त, धर्म पाठक सज्जन राजभण्डारी, महासचिव परमानन्द सापकोटा, सचिवमा निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा चयन भएका हुन् । सदस्यहरुमा नीलकण्ठ आचार्य, जयराम शर्मा, दीप कुँवर, दीपेन्द्र के.सी., याम खडका, भूपेन्द्र सापकोटा, गौरी सापकोटा, पुनम शर्मा, जगत कुँवर, सँजय कुँवर, कृष्ण श्रेष्ठ र सुरेश छन्त्याल रहेका छन् । सन् २००९ मा यो समाज स्थापना भएको थियो । यस्तै बागलुङ जिल्लामा स्वास्थ्य सम्बन्धी मानवीय परोपकारी कार्यक्रम सँचालन गर्ने उद्देश्यले उनीहरुले ‘बागलुङ समाज बेल्जियम स्वास्थ्य कोष’ पनि स्थापना गरेका छन् । अक्षयकोषबाट आउने व्याज रकमबाट स्वास्थ्यक्षेत्रमा खर्चने बताइएको छ ।
Previous Articleदुदिलाभाटीमा योजना तर्जुमा गोष्ठी
Next Article विम सरसफाईयुक्त गाविस घोषणा