बागलुङ, १३ माघ/जिल्ला विकास समिति बागलुङको आयोजनामा जिल्लाको ईलाका नं. ३ को ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि गलकोटको दुदिलाभाटीमा सम्पन्न भएकोे छ । गाविस परिषद्बाट जिल्ला तथा केन्द्रिय स्तरमा माग भई आएका योजनाहरुको प्राथमिकीकरण गर्न योजना तर्जुमा गोष्ठि सम्पन्न भएको हो । कार्यक्रममा जिविस बागलुङका प्रशासकिय अधिकृत खिमबहादुर बिकले धेरैजसो योजनाहरु मोटरबाटो निर्माण सम्बन्धि हुने भएकाले बर्षात्को समयमा मोटरबाटो निर्माण गर्ने परिपाटि भएको भन्दै उक्त परिपाटीलाई त्याग्न आग्रह गरेका थिए । उनले योजना बनाउनु मात्र ठुलो कुरा नभएको भन्दै कार्यान्वयन गनुपर्ने बताए । अघिल्ला बर्षसम्म योजना परे पनि २० प्रतिशत मात्र काम हुने गरेको भन्दै बिकले फागुन महिनासम्म कार्य शुरु नभए रकम फ्रिज हुने बताए । बिकले उपभोक्ता समिति गठन गर्दा जिल्ला स्तरको राजनैतिक दल, शिक्षक, निर्माण ब्यवसायी नभएको हुनपर्ने र ३३ प्रतिशत महिला अनिवार्य समाबेश गनुपर्ने बताए । गलकोटको दुदिलाभाटीमा भएको ईलाका गोष्ठिमा दुदिलाभाटी, नरेठाँटी, रेश, लेखानी, बिहुँ, तंग्राम गाविसबाट माग भएका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गरि विषयगत समितिमा लैजाने निर्णय भएको छ । गोष्ठीमा जिविसबाट सञ्चालन गरिने ग्रामिण सडक अन्तगर्त अक्षेते लामबगर मोटरबाटो र रँगेनी तोरीखोला ठाँन हरिचौर सडक निर्माण तथा स्तरन्नोती लाई प्राथमिकतामा राखिएको छ । जिबिसबाट नै सञ्चालन गरिने ग्रामिण खानेपानी कार्यक्रमको लागि गाविस स्तरिय खानेपानी योजना लेखानी र थामानेटा रिजालचोक खानेपानी योजनालाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको लागि दुदिलाभाटी टोड्के गाजादह सडक र बिहुँ देउराली लेखानी रेश सडक र बिहुँ ईनारपानी हटिया हुदै ठुल ढुङगा सडकको स्तरन्नोतीलाई प्राथमिकिकरण गरिएको छ । जिविसमार्फत शहरी विकास तथा भवन निर्माण मन्त्रालयमा सवै गाविसमा महिला सामुदायिक भवन भाग गर्ने निर्णय गरिएको छ । सडक डिभिजन कार्यालय संग सम्बन्धित सडक र केन्द्रमा सिफारिस गरिएका र क्रमागत सडकको लागि डि आर सि एनमा ईलाका नँ ३ बाट परेका सवै सडकलाई प्राथमिकतामा राखिएको जनाईएको छ । त्यसैगरी अन्य साना योजनालाई आवश्यकताका आधारमा बाँडफाँड गरी प्राथमिकताको सुचिमा राखिएको जिबिस बागलुङका लेखापाल प्रेमप्रसाद शर्माले जानकारी दिए ।
Previous Articleकथा – वृद्धाश्रम पुगेकी मेरी हजुरआमा
Next Article बागलुङ समाज बेल्जियमको अधिवेशन