काठमाडौँ, १२ माघ – माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दुतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो ।
दूतावासका अनुसार उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् । कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारत बेचिएका महिला र बालबालिकाहरुको उद्दार र संरक्षणमा काम गर्दै आएकी छिन् । यसअघि उनी बि.सं. २०६८ सालमा सीएनएन हिरो घोषित भएकी थिइन् ।
अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान
Previous Articleपर्वतमा दिदीबहिनी कप राष्ट्रिय भलिबल हुने
Next Article कुखुराको भालेको पनि बन्ध्याकरण