काठमाडौँ, १२ माघ – प्रथम दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिता २०७३ हुने भएको छ। नबौ पश्मिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको सातौं बार्षिकोत्सवको अवसरमा पर्वतको कुस्मामा प्रतियोगिता हुन लागेको बुधवार राजधानीमा आयोजित प्रत्रकार सम्मेलनमा जानकारी दिईएको हो।
आगामी फागुन २४ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालका ५ टोली एपीएफ, न्यु डायमन्ड स्पोर्टस, नेपाल पुलिस, नेपाल आर्मी क्वल र पश्मिाञ्चल क्षेत्रिय भलिवल संघको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख, दोस्राले ६० हजार, तेस्रो ४० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
यसैगरी, व्यक्तिगत बिधातर्फ उत्कृट खेलाडिले नगद ५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। भने उत्कृष्ट स्पाईकर, सेटर, क्वीकर र प्रशिक्षकलाई ३ हजार प्रदान गरिने भएको छ। प्रतियोगिताका हेर्नका लागि ५० र ७५ रुपैया टिकटको व्यवस्था गरिएको छ।
महिलाले पनि अवसर पाएमा जुनसुकै काम गर्न सक्ने भन्दै भौगालिक बनावट अनुसार यो प्रतियोगिता सञ्चालन गर्न लागिएको सांसद तथा रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईले बताईन्।
Previous Articleजेनेभाबाट स्वास्थ्य मन्त्री थापाको ८ बुँदे अपिल
Next Article अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान