युवा ज्यो. सूर्य पौडेल
मेष– वादविवादबाट बच्नु नै लाभदायक, सोचेका कार्यमा विध्नबाधा खडा हुने, सातान्तमा आर्थिक लाभ ।
बृषः स्वास्थ्यमा प्रतिकूलता, आशा गरेको ठाउँबाट काम नबन्ने, कार्यमा बिलम्ब हुने ।
मिथुनः शत्रु पक्षको हार, थालेका कार्यले सफलताको मार्ग पक्रिने, वादविवादमा फसिने ।
कर्कटः घरमा नवीन चहलपहल छाउने, मनमा शान्ति मुहारमा कान्ति छाउने, स्वास्थ्यमा प्रतिूकलता देखापर्नेे ।
सिंहः मनमा उदासता छाउने खबर सुन्नुपर्ने, प्रतिस्पर्धामा उत्कृष्टता, सातान्तमा मनमा राहत मिल्ने ।
कन्याः स्वजनसँगै वैचारिक द्वन्द्व, मनमा अशान्तिको कालो बादल मडारिने, नयाँ कार्यको लगानी शुभ ।
तुलाः आँखामा कष्ट हुने, आफन्तजनसँग वैचारिक द्वन्द्व पर्ने, मनमा अशान्ति हुने ।
वृश्चिकः मानसिक असन्तोष, आरोग्यतामा थप वृद्धि हुने, कार्यमा विध्नबाधा खडा हुने ।
धनुः सामाजिक स्थानमा खलबल आउने, आर्थिक क्षति हुने, सातान्तमा मनमा प्रसन्नता छाउने ।
मकरः अनावाश्यक ठाउँमा धननाश, आफन्तबाट राम्रो साथ प्राप्त हुने, मानसिक असन्तोष हुने ।
कुम्भः सोचेका कार्यमा विध्नबाधा खडा हुने, प्रियजनसँग भेटघाट तथा वादविवाद पर्ने ।
मिनः आँटेका कार्यहरु अधुरै रहने, शुभ समाचार सुन्न पाइने, खर्चका बाटाहरु बढ्ने ।
Previous Articleअठाह्र वर्षको अनुसन्धानपछि ‘दुर्यान्तर’को अस्तित्व प्रमाणित
Next Article टिचर कि चिटर ?