रवि किरण
कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई तिमी किन पढ्छौं, भनी प्रश्न गर्दा छातीका चौडा फुलाउँदै, मख्ख परेर जवाफ दिन्छ । ज्ञान हासिल गर्न । सपना साकार पार्न । असल व्यक्ति बन्न । भविष्यमा ठूलो मानीस बनी नाम, दाम कमाउन । आदी इत्यादी ।
त्यही कक्षामा अध्यापनरत शिक्षकलाई तपाई किन पढाउनु हुन्छ, भनी प्रश्न गर्दा अनगिन्ती सैद्धान्तीक, दार्शनीक र वर्षौ देखि कष्टक्थ मनगढन्ते जवाफका ओइरो लाग्छन् । एक हिसावले सत्य होलान, पढ्ने, पढाउने दुवै पक्षका जवाफ अथवा शिक्षा लिनु र दिनुको वास्तविक उद्देश्य पनि यी नै होलान् । तर अहिलेको शैक्षिक परिपाटीको व्यवहारीक गहिराइमा पुगेर सत्यता खोज्ने हो भने, दुवै पक्ष जानी जानी झुट बोलिरहेको देखिन्छ । अथवा सत्य स्विकार्ने हिम्मत दुबैमा छैन ।
बढिसे बढी विद्यालयहरुको हालको शैक्षिक क्रियाकलापलाई नियाल्ने हो भने, तिनको उद्देश्य साधारण भन्दा साधारण, अनुत्पादक र अन्योल पूर्ण पाइन्छ । मतलब जसले जति खाके पनि हालको परिप्रक्ष्यमा पढ्नु, पढाउनुको एउटै मात्र उद्देश्य ‘परिक्षा’ नै हो । शिक्षकको लक्ष्य, कसरी विद्यार्थीलाई बढी अंकमा पास गराई समाजमा बोक्रे भलादमीको दर्जा लगाउने र अर्को वर्ष टिउसन, कोचिङ लगायत बाहानाबाट टन्न पैसा कुम्ल्याउने हुन्छ । उता विद्यार्थी कसरी राम्रो अंक ल्याउने र देखावटी राम्रा भनिएका कलेजमा सितैमा बोक्रे ज्ञान हासिल गर्न ध्याउन्न हुन्छन् ।
वर्तमानमा त फाइदै होला । तर भविष्यमा आईपर्ने प्रत्यक्षः अप्रत्यक्ष असर बारेको जिम्मेबार शिक्षक ? अभिभावक ? विद्यार्थी आफै ? वा शैक्षिक प्रणाली ?
आफ्नो अनुहारको धुलो पुछ्नुको सट्टा, ऐनालाई दोषारोपन गर्ने त हाम्रो संस्कार नै हो । यहाँ सम्म पनि ठिकै छ, कम्तीमा अरुकै भएपनि दोष त पहिलीयो । तर मुख्य असर, लाखौ मस्तिष्क, शरिर र ह्दय आफ्नो क्षमता प्रयोग गर्नु त परको कुरो विचरा चिन्दै नचिनी मर्छन् । आफु के गर्न सक्छु, कती सम्म खट्न सक्छ पत्तो नपाई जिन्दगी खेर फाल्छन् । अन्तिम क्षणमा मनभरी पश्चतापको भारी बोकेर, जिन्दगीमा केही गर्न सकिएन ।
पन्ध्र देखि पच्चिस वर्ष सम्मको उमेर एकदमै उर्जाशिल रहन्छ मानिस । जब यही समयमा जाबो एउटा परिक्षाको लागि एक÷एक वर्ष खर्च गराइन्छ त जिन्दगीको लागि कहिलै पढाइन्छ ? आफ्नो पना, अन्तरमनमा जडित क्षमता र आफ्नो लक्ष्य पहिचानका लागि कहिले पढाइन्छ ? जिन्दगीका १० औं , ३६५ दिनहरु परीक्षाकै लागि भनेर जान्छन् त आफुलाई कहिले चिन्छन् ? आफ्नो लागि कहिले जिउछन् ? जब आफ्नो लागि जिउन सक्दैनन् संसारका लागि के गर्छन ? भविष्य त परको कुरा, वर्तमान मै पनि यसको प्रत्यक्ष, अप्रत्यक्ष असरहरु शिक्षक, अभिभावक र विद्यार्थीले भोगिरहेका, देखिरहेका छन् । उदाहरणको लागि, मानो लिऔं परीक्षा सगरमाथाको टुप्पो हो । विद्यार्थीहरु फेदमा हिड्दै छन् । शिक्षकहरु तिनका गाइड हुन् । जो विद्यार्थीलाई बारम्बार टुप्पो तर्फ हेर्दै पाइला चाल्न उक्साउछन् । अब हेरौं, जब दुवै आँखा टुप्पो हेर्नमा व्यस्त छन्भने के तिनको खुट्टा नचिप्लिएलान त ? नचिप्ले पनि शिखर चढ्दै (पढ्दै) गर्दाको मजा चाख्न पाउलान र ?
यहि भएर त विद्यार्थी वाध्यताले मात्र पढ्छन्, कारण पढ्नमा मजा नै पाउँदैनन् । अनि आँखा अन्य विकल्पमा लाग्छन्, चाख्छन्, अनि पत्तो नपाई खाडलमा पुग्छन् । त्यसपछि बल्ल खुल्लछन अभिभावक, विद्यार्थी र शिक्षकहरुका आँखा । तर सब क्षणिक । किनकी यिनमा गल्तीबाट सिक्ने दम नै छैन् । पढेर के पाइन्छ, पढाएर के दिइन्छ, आफैमा महत्वपूर्ण छन् । तर यो भन्दा महत्वपूर्ण पढेर कस्तो बन्दै छौं र पढाएर कस्तो बनाउँदै छौं भन्नेमा छन् ।
जब हामीले लिएको शिक्षाले हामीलाई सुधार गर्दैन्, आफ्नोपन फ्क्राएर बाँच्न दिदैन यो शिक्षा हुँदै होइन । यो त केवल शिक्षकका लागि खाने भाडो, अभिभावकका लागि खर्च गर्ने ठाउँ र विद्यार्थीका लागि अल्झीने बाटो हो ।
यदि विद्यार्थीले आफुले पाएको शिक्षाले आफ्नो पना उजागर गर्न सके भने, पढ्नमा मज्जा पाए भने, आफ्नो क्षमताको खुलेर उपयोग गर्न पाएभने न कसैले पढ् भनेर थुतुनो दुखाउनु प¥यो । न कसैले किन पढ्दैनस भनी छुच्चो बन्नु प¥यो । आफै जल्छन् दिमागी लाइट । आफै चल्छन् शरिरका अंग प्रत्याङ्ग । यसका लागि एक पटक विद्यार्थीको अन्तर ह्दयबाट परिक्षा नामक भुत हटाएर, जिन्दगी नामक लक्ष्य पसाउन जरुरी छ । विद्यार्थीलाई जन्म, जिवन र मृत्यु पछिको जिन्दगीको महत्व र यस प्रतिको मोह जगाउन आवश्यक छ । भविष्य बन्न बर्तमान बनाउनु पर्छ भनेर सिकाउन जरुरी छ ।
यदी यसो गर्न सकिएको खण्डमा ‘टिचर’ बनिएला । नत्र टिचरको नाममा ‘चिटर’ बनिएला । एक पटक पाएको जिन्दी ‘चिटर’ दर्जाले पुकारिन चाहानु हुन्छ ? हुन्छ भने तपाईको जीन्दगी, तपाई कै मर्जी । बालै भएन । नत्र अहिले सुरु गर्नुहोस् विद्यार्थीको ह्दयमा बस्ने ‘रोल मोडल’ शिक्षक बन्न । (लेखक किरण मोटिभेन्सनल रकस्टार तथा ¥यापर हुन् ।)
Previous Articleमाघ ११ गतेदेखि १७ गतेसम्मको साप्ताहिक राशिफल
Next Article विद्युतमा निजी क्षेत्र