दलित युवा संजालको आयोजनामा हालै मात्र धौलागिरी अंचलकै सर्वाधिक पुरस्कार राशीको बागलुङ गोल्ड कप भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जातिय दमनमा परेका दलित समुदायको पक्षमा बहस पैरवी गरी समतामुलक समाज निर्माण गर्ने प्रमुख उदेश्य बोकेको दलित युवा संजाल बागलुङले खेलकुद क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिदै आएको छ । बागलुङ जिल्लाले खेलकुदको क्षेत्रमा निकै नै संभावना बोके पनि पर्याप्त मात्रामा खेलकुद गतिविधि नहुँदा खेलाडिहरु पलायन हुने क्रम बढिरहेको छ । राष्ट्रियदेखि अन्तराष्ट्रिय खेलाडि समेत जन्माएको बागलुङ जिल्लामा ठूलो राशीको खेलकुद नहुँदा खेलाडिले आफ्नो प्रतिभा देखाउन पाएका छैनन् । गाउँ घरमा गठन भएका सिमित स्रोत साधन भएका क्लबले सांगितिक र भलिबल प्रतियोगिता गरेपनि भौतिक संरचनाको सुविधा नहुँदा बागलुङ बजार अन्यथा फुटबल प्रतियोगिता हुन सकेका छैनन् । गाउँ घरमा भलिबल लोकप्रिय भएपनि शहरमा भने फुटबलको क्रेज बढ्दै गएको छ ।
दलित युवा संजाल गठन भएसंगै दलित समुदायको क्षेत्रमा क्रियाशिल बनेको संजालले पहिलो वर्षमा नै धौलागिरी अंचलकै सर्वाधिक ५० हजार पुरस्कार राशीको धौलागिरी कप गर्न सफल भएको थियो । दोस्रो वर्ष १ लाख पुरस्कार राशीको इमेज गोल्ड कप फुटबल प्रतियोगिता पनि गर्न सफल बन्यो संजाल । बाङ्ेचौर खेल मैदान फुटबल खेल्नको लागि पर्याप्त नहुँदा नहुँदै पनि संजालले चार लाख रुपैया खर्चिएर बाङेचौर खेल मैदानलाई समथर बनाउने काम ग¥यो । दशै र तिहारको बीच गरिएको इमेज गोल्ड शुरु हुनु अघिल्लो दिन भारी वर्षाका कारण चौरमा फुटबल खेल संचालन गर्न असहज परिस्थिति बन्यो । यस्तो परिस्थितिको सामना गर्दै दलित युवा संजालका सदस्यहरुले राती २ बजेसम्म हिलो ठाउँमा बालुवा हालेर चौर फुटबल संचालन गर्नको लागि योग्य बनायो । बागलुङमा फुटबल खेल हुँदा प्राय झगडा नहुने अवस्था विरलै थियो । खेलाडिलाई सुरक्षित रुपमा खेल खेल्नका लागि अस्थायी रुपमा बाँसको पोल गाँडेर रसीले घेर्ने काम ग¥यो संजालले ।
बागलुङमा ठूलो पुरस्कार राशीको फुटबल खेल संचालन गर्न सहज छैन । यद्यपी दलित युवा संजालले कडा मेहेनत गरेर हालै मात्र बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न गर्न सफल भएको छ । संजालले आयोजना गरेको ठूलो राशीको खेलले बाङ्ेचौरमा राष्ट्रिय खेलाडि मात्रै होइन अन्तराष्ट्रिय क्षेत्रमा ख्याति मात्र अश्वेत खेलाडिलाई समेत उतार्न सफल भएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिबाट हाम्रो जिल्ला खेलाडिले खेल कौशल सिक्ने सुनौलो अवसर प्राप्त गरेका छन् । संजालकै कारण निजी विद्यालयले ठूलो धनराशी जुटाएर आफ्नो स्पोर्ट क्लबमा राष्ट्रिय तथा अन्तराष्ट्रिलाई आवद्व गरेका छन् । यसले बोर्डिङलाई पनि धेरै फाइदा पुग्ने देखिएको छ । दलित युवा संजालले फुटबल आयोजना गरेर इतिहासकै धेरै दर्शकलाई बाङ्ेचौर खेल मैदानमा उतारेको छ । यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको विकास मात्रै होइन जिल्लाको व्यापार प्रर्वद्वनमा पनि उत्तिकै भुमिका खेल्ने छ । बागलुङ गोल्ड कपलाई निरन्तरता दिन सबैले हातेमालो गर्न जरुरी छ ।
Previous Article२०७३ माघ १० गते सोमबारको राशिफल
Next Article शितल निवासभित्र पूर्वराजा