बागलुङ, १० माघ – विप्लप नेतृत्व नेकपा माओवादी बागलुङको सेक्रेटरीमा विकिरण क्षेत्री चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला अधिवेशनले क्षत्रीको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीले क्षत्रीलाई सेक्रेटरीको जिम्मेवारी प्रदान गरेको हो । जिल्ला कमिटी सदस्य छम सेन, बाबुलाल शाक्य, प्रेम थापा, नन्दलाल थापा, बाबुराम आचार्य, निसान विक लगायत रहेका छन् । अधिवेशनका अन्य सदस्य तथा निर्णयहरु सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ ।
Previous Articleसांसद विकास कोषः कति सदुपयोग कति दुरुपयोग ?
Next Article २०७३ माघ १० गते सोमबारको राशिफल