बागलुङ, ९ माघ – एमाले जिल्ला कार्य समितिको निर्वाचन भएको एक महिना पछि विभिन्न विभाग तथा जिम्मेवारी बाँडफाँड गरिएको छ । माघ ७ गते प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङको उपस्थितिमा बसेको दोश्रो पूर्ण बैठकले केही प्रस्ताव पारित गर्नुको साथै जिम्मेवारी समेत बाँडफाँड गरेको हो । शनिवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अध्यक्ष इन्द्रलाल सापकोटालाइ विद्यालय विभाग र पेशागत महासंघ हेर्ने जिम्मेवारी दिएको छ । त्यस्तै उपाध्यष कृष्ण पाठकलाइ संगठन विभाग, सचिव लालबहादुर थापालाइ मोर्चा, केवी राना मगरलाइ सामाजिक सेवा, गणेश थापा मगरलाइ स्थानीय विकास, धनबहादुर परियारलाइ प्रचारप्रसार, गोविन्द गौतमलाइ निर्वाचन, डिल्लीराज गौतमलाइ शिक्षा तथा मानवश्रोत र भूपाल चालिसेलाइ आर्थिक विभाग हेर्ने जिम्मेवारी तोकिएको हो । त्यस्तै संजय श्रेष्ठलाइ उद्योग तथा बाणिज्य, सावित्रा रानालाइ कार्यालय, सरस्वती परियारलाइ जनसास्कृतिक महासंघ, प्रेमबहादुर परियारलाइ मुक्ति समाज, शान्ति अधिकारीलाइ कृषि तथा भूमिसुधार, हुमा कुमारी जिसीलाइ सहकारी तथा गरिवी निवारण, बाबुराज कार्कीलाइ लेखा र बिष्णुप्रसाद शर्मालाइ निर्वाचन कमिटिको जिम्मा दिएको हो । त्यस्तै संविधान कार्यान्वयनका लागि जन परिचालन २०७३ भन्ने अभियान पनि संचालन गर्ने भएको छ । उक्र अभियानका लागि क्षेत्रीय कमिटिका बैठक, नगर कमिटिको बैठक समेत गर्ने, फागुन मसान्तसम्म सबै कमिटिका भेला, प्रशिक्षण र अवधि पुगेका हरुको अधिवेसन गर्ने र जनसंगठनका सम्मेलन गर्ने पनि निर्णय गरेको हो । चैत १५ गते सम्ममा ५ सय सदस्य विस्तार गर्ने, पार्टी प्रवेशलाइ अभियानको रुपमा राख्ने, सदस्यता प्रदान गर्ने र प्रशिक्षण पनि संचालन गर्ने निर्णय पनि गरेको हो । यता संघियता कार्यान्वयनको क्रममा प्रस्तावित ९ वटा गाउँ तथा नगरपालिका स्तरीय प्रशिक्षणका लागि पनि जिम्मेवारी तोकेको छ । आगामी फागुनमा हुने भनिएको स्ववियुनिर्वाचनलाइ आफ्नो पक्षमा पार्न लालबहादुर थापाको संयोजकत्वमा समिति गठन र आर्थिक कारोवार बैंक माफृत गर्ने कामका लागिपनि थालनी गर्ने निर्ण गरेको बताइएको छ ।
Previous Article९ माघ २०७३, ढोरपाटन दैनिक
Next Article लोडसेडिङ गराउन सक्रिय गिरोहका १६ जना पक्राउ