काठमाडौं, ७ माघ – विश्वभरका प्रहरीहरुको छाता संगठन इन्टरपोलको २३औ एशिया क्षेत्रीय सम्मेलनमा भाग लिन काठमाडौँमा आएका ३३ देशका प्रतिनिधिहरु मध्ये २२ देशका प्रतिनिधिहरुले चन्द्रागिरीको केवलकार चढेर उपत्यकाको दृश्यावलोकन गरेका छन् ।
आइएमई ग्रुपका जनसम्पर्क अधिकृत राजु पौडेलले भने इन्टरपोलका प्रतिनिधिहरुलाई केवलकार चढाउन पाउँदा खुसी व्यक्त गरे । ‘यसले अन्र्तराष्ट्रिय रुपमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने मौका पनि मिलेको छ,’ उनले भने ।
करिब करिब ४५ जना प्रतिनिधिहरुले केबलकार चढेर चन्द्रागिरीको भ्यूटावरबाट सगरमाथा र अन्य हिमालहरु हेरेर खुशी भएको बताए । भ्यूटावरबाट सगरमाथा देखि अन्य हिमालहरु हेदै प्रतिनिधिहरु दंग देखिन्थे ।