प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिताश्री प्रजापिता ब्रह्माको नामबाट आज जन–जन परिचित भइसकेका छन् । सन् १९३७ बाट सन् १९६९ सम्मको ३३ वर्षको अवधिमा तपस्यारतः रहेर ‘सम्पूर्ण ब्रह्मा’को उच्चतम स्थितिको अवस्था प्राप्त गरेर आज पनि सूक्ष्मवतनबाट आकारी फरिश्ता स्वरुपमा विश्व सेवा गरिरहनुभएको छ । उहाँद्घारा गरिएका असाधारण र अद्घितीय कर्तव्यको दृष्टान्त सृष्टिचक्रको ५००० वर्षको इतिहासमा कतै पनि भएको पाइदैँन । उहाँ आजको यस कलियुगी सृष्टिमा आमुल परिवर्तन गरेर सत्ययुगीन पावन दुनिया स्थापना गर्ने ईश्वरीय योजना अनुसारको कार्यको लागि परमपिता परमात्मा निराकार ज्योतिर्विन्दु शिव भगवानको भाग्यशाली रथ बन्नु भयो ।
पिताश्री ब्रह्माबाबाको जन्म हैदराबाद (सिन्ध) मा एक साधारण परिवारमा भएको थियो । उहाँको शारीरिक नाम दादा लेखराज कृपलानी थियो । उहाँका पिताजी गाउँको एउटा स्कूलको प्रधानअध्यापक हुनुहुन्थ्यो । दादा लेखराज आफ्नो विशेष बौद्धिक प्रतिभा, व्यापारिक कुशलता, व्यावहारिक शिष्टता, अथक परिश्रम, श्रेष्ठस्वभाव तथा हिराजवाहरतको अचूक पहिचान गर्न सक्ने सफल र प्रसिद्ध हिरा व्यापारीको रुपमा स्थापित हुनसक्नु भयो । उहाँको मुख्य व्यापारिक केन्द्र कलकत्तामा रहेको थियो ।
भक्ति–भावना र नियमका पक्का ः
हिरा व्यवसायको कारण लेखराज दादाको सम्पर्कमा ग्राहकका रुपमा राजपरिवार र धनी–सम्पन्न व्यक्तिहरु आँउदथे । उहाँले प्रशस्त धनसम्पति, मानप्रतिष्ठा आर्जन गरेर पनि स्वभावमा नम्रता, मधुरता तथा परोपकारीतालाई जीवन–भर अंगालीरहनुभयो । उहाँ भगवान नारायणको परम भक्त हुनुहुन्थ्यो । उहाँले आफ्नो घरमा राजा तथा धनी व्यापारीहरुलाई भोजका लागि आमन्त्रण गर्दा शुद्ध साकाहारी भोजनको व्यवस्था गर्नुहुन्थ्यो । कहिलेकाँही त उहाँ आफु पूजा–पाठमा बसेको बेला विशिष्ट अतिथिहरु आफ्नो घरमा आइपुग्नुभयो भने आफु नगएर अरु व्यक्तिलाई स्वागत गर्न पठाउने गर्नहुन्थ्यो । यसरी, उहाँ आफ्नो नीति–नियम, मर्यादा र भक्तिमा दृढः परिपक्क हुनुहुन्थ्यो ।
प्रभावशाली व्यक्तित्व
लेखराज दादाको शारीरिक व्यक्तित्व आकर्षक थियो। उहाँको निधार पोटिलो, शरीर अग्लो ऋस्ट–पुस्ट, कांतियुक्त मुखमण्डल र मुस्कानयुक्त अनुहार थियो । ९० वर्षको वृद्ध शरीरमा पनि दिनमा १८ घण्टा सम्म शारीरिक कार्य गर्नु हुन्थ्यो । पहाडको उकालो ओरालो हिड्न सक्नुहुन्थ्यो । बैडमिन्टन खेल्नुहुन्थ्यो । जीवनको अन्तिम समय ९३ वर्षमा पनि अरुको सहारा विना हिँड–डुल गर्न सक्नुहुन्थ्यो । सात्विक, संयमित र स्वस्थ जीवन थियो । निराशा, हताशा र आलस्यले कहिल्यै उहाँलाई छोएन । उहाँ ठूलो दानी हुनुहुन्थ्यो । तत्कालीन समयमा हैदराबादका ख्यातीप्राप्त दानवीर ‘काका मूलचन्द आजवाला’ उहाँका आफ्नै लौकिक काका हुनुहुन्थ्यो । उहाँ संगै धेरै कार्यक्रमहरुमा दादा लेखराजले पनि गरिब असहाय र याचकहरुलाई खुबै दान दिनेगर्नु हुन्थ्यो ।
‘प्रजापिता ब्रह्मा’को रुपमा अलौकिक जीवनको सुरुवात ः
दादा लेखराजको पारिवारिक र व्यापारिक जीवन सन्तुष्ट र सफल थियो । ६० वर्ष पुगेपछि भक्ति र ईश्वरीय मनन्–चिन्तनमा थप अन्तरमुखी हुन लाग्नु भयो । अचानक उहाँलाई एकपटक विष्णु देवताको चतुर्भुज स्वरुपको साक्षात्कार भयो र उक्त साक्षात्कारमा अव्यक्त शब्दद्घारा ‘अहम् चतुर्भुजः तत् त्वम्’ अर्थात, तिमी नै ‘विष्णु चतुर्भुज स्वरुप श्रीनारायण हौ’ भन्ने आभाष पाउनुभयो । यस साक्षात्कारको केही समय पछि बनारसमा एउटा साथीको घरको बगैंचामा ध्यान अवस्थामा रहेको बेला फेरि परमपिता परमात्मा ज्योतिर्लिगम् शिव भगवानको दोस्रो पटक साक्षात्कार भयो । यस साक्षात्कारमा वर्तमान कलियुगी सृष्टिको प्राकृतिक विपत्ती, गृहयुद्ध र अणुबम–मिसाइल युद्धद्घारा महाविनास भएको देख्नु भयो । यहाँ सम्म अमेरिका तथा रुसमा पनि अणु बम आविष्कार भइसकेका थिएनन् । यस साक्षात्कार पछि दादा लेखराजले कलकत्तामा रहेको आफ्नो लौकिक व्यापार–व्यावसायललाई साझेदारी गरेका साथीलाई आफ्नो हिस्सा समेत हस्तान्तरण गरी व्यापारबाट अलग हुनभयो ।
पुनः केही दिन पछि दादा लेखराजको आफ्नै घरमा धार्मिक सत्संगको कार्य भइरहेको बेला पूजाबाट उठेर उहाँ आफ्नो कोठामा जानु भयो । कोठामा उहाँ एकाग्रचित्त भई ध्यानमग्न अवस्थामा हुुनुहुन्थ्यो । उहाँलाई खोज्दै धर्मपत्नी तथा बुहारीहरु कोठामा पुग्दा उहाँको आखाँबाट रातो प्रकाश निक्लिरहेको र कोठा नै उक्त रातो प्रकाशले झलमल्ल भएको पाउनुभयो । यसै समयमा दादा लेखराजको मुखबाट– ‘निजानन्द रुपं, शिवोऽहम् शिवोऽहम् । ज्ञान स्वरुपं, शिवोऽहम् शिवोऽहम् । प्रकाश स्वरुपं, शिवोऽहम् शिवोऽहम्’ वाक्यहरु उच्चारित भएपछि ध्यानमग्न दादा लेखराजको आखाँ बन्द भए । केही क्षण पश्चात जव उहाँको आखाँ खुल्यो उहाँले कोठामा आश्चर्य मान्दै चारैतिर हेर्नुभयो र भन्नुभयो कि– ‘ऊ एउटा ज्योति थियो । शक्ति थियो । कुनै नयाँ संसार थियो । ऊ धेरै परको थियो । आकाशका तारा झंै त्यहाँ धेरै थिए । तिनै तारा दैवी राजकुमार दैवी राजकुमारी, देव–देवीहरुको रुपमा परिणत भइरहको थिए र यस प्रकारको नयाँ दैवी दुनिया तिमिले नै बनाउने हो’ भन्ने परमात्मा शिवको आवाज आयो ।
यसरी, दादा लेखराजको शरीरमा परमात्मा शिव भगवान नै प्रवेश गरेर उक्त महावाक्यहरु उच्चारण गर्दै परमात्माले नै नयाँ सतयुगी दैवी सृष्टि पुनस्र्थापनाको निमित्त ‘प्रजापिता ब्रह्मा’को कार्य सम्पन्न गर्नको लागि निर्देशन दिनुभएकोले दादा लेखराजबाट ‘प्रजापिता ब्रह्मा’को अलौकिक यात्रा सम्म आइपुग्नु भयोे । स्वयं ज्योतिर्विन्दु परमात्मा शिव भगवान ब्रह्मलोक (परमधाम)बाट आएर प्रजापिता ब्रह्माको तनमा प्रवेश गरी ब्रह्मा–मुखद्घारा प्रायः लोप भइसकेको श्रीमत्भागवत्गीता ज्ञान एवं राजयोगको अद्भुत गुप्त रहस्य पुनः प्रकाश पार्नु भयो र सो कार्य निरन्तर रुपमा विश्वका १४५ देशहरुमा चलिरहेको छ । ईश्वरीय सेवामा
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, बागलुङ