यतिवेला मुलुक उज्यालो हुने अभियानमा छ । सरकारले लोडसेडिङ मुक्त नेपाल बनाउने पूर्ववति केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको कार्यक्रमलाई यो विषयमा भने निरन्त्तरता दिएको छ । हिजो केपीलाई उडाउनेहरु आज कुलमान घिसिङले गरेको कामको उच्च प्रशंसा गरेका छन । कुलमान भने आफ्नै अभियानमा दृढताकासाथ लागेका छन। लोडसेडिङका दुईवटा कारण थिए, पहिलो विद्युतको कालोबजारी र दोस्रो प्रसारण लाइन, पोल, तार एवं ट्रान्सफर्मरको विग्रिदो अवस्था । प्राधिकरणमा कुलमानले घिसिङले नेतृत्व सम्हालेपछि बिजुली चोरहरुको एककिसिमले भन्दा निद्रा हरण नै भइसकेको छ । अब दोस्रो चरणको सुधार योजना अन्तरगत प्राधिकरणका अधिकारीहरुको ध्यान विद्युतको वितरण प्रणालीमा सुधार ल्याउनेतिर केन्द्रित हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा सुधार ल्याउनका लागि थप १० हजार थान नयाँ ट्रान्सफर्मर जोड्ने भएको छ । देशलाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु भएसँगै अबको दुई वर्षभित्र १० हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने योजना बनाइएको छ। जुन स्वागतयोग्य कदम हो ।
वितरण प्रणालीमा अत्यावश्यकीय सुधार एवं विस्तारका लागि थप १० हजार ट्रान्सफर्मर जडान गर्ने योजनाले दुरगामी प्रभाव पार्ने निश्चित छ । अब हामी वितरण प्रणालीमा अग्रगामी सुधार अनिवार्य आवश्यकता वनीरहेको छ । ग्राहकसम्म बजिुली पुग्दा आउने अनेकन समस्याहरु छिचोल्न ट्रान्सफर्मरलाई बढाउनुपर्ने माग विगतदेखि नै उठिरहेको थियो । अबको दुई वर्षपछि लोडसेडिङको चुनौति समाप्त हुँदैछ । त्यसपछि प्राधिकरणले बिजुलीको गुणस्तरीयतामा ध्यान दिनै पर्दछ । विजुली उत्पादनको आकडा हेर्ने हो भने अको दुईवर्ष पछि नागरिकलाई कम बिजुली खपत गरिदेउ न भन्ने अवस्था रहँदैन, त्यसो भयो भने प्राधिकरणको अवस्था झन मजवुत वन्न सक्छ । लोडसेडिङ अन्त्य भएपछि नागरिकलाई जतिसक्दो बढी बिजुली खपत गर भन्ने हो, त्यसका लागि वितरण प्रणालीको पूर्वाधारमा लगानी बढाउनु अनिवार्य छ । वितरण प्रणालीको सुधारका लागि ट्रान्सफर्मर खरिदको खाका तयार गरेर त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने पूर्वयोजना भने अनिवार्य रुपमा बनाउनु पर्दछ । तव मात्र योजना सही कार्यान्वयन लिन सक्दछ ।
अहिले धेरै स्थानमा गुणस्तरीय ट्रान्सफर्मर नहुँदा बिजुलीको प्रावधिक चुहावट पनि त्यसैबाट हुने गरेको छ । यसैगरी मागअनुरुप ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा धेरै क्षेत्रमा नागरिकले गुणस्तरीय बिजुली उपयोग गर्न पाएका छैनन् । कतिपय ठाउँमा बिजुली पुगे पनि मधुरो बत्तीमै बस्नुपर्ने बाध्यता विद्यमान छ । कतिपय शहरी क्षेत्र पनि यस्ता समस्याबाट अछुतो छैनन् । त्यसैले बिजुलीका उपभोक्तालाई अधिकतम् बिजुली उपयोग गर्न प्रोत्साहित गर्न समेत ट्रान्सफर्मरको संख्या बढाउन आवश्यके छ । पिक आवरमा बिजुलीको माग उच्च भए पनि अन्य समयमा बिजुलीको माग न्युन भएकाले प्राधिकरणले अबको दुईवर्षपछि बिजुलीको उपयोग दर बढाउन पनि आवश्यक छ । त्यसका लागि नागरिकलाई गुणस्तरीय र निरन्तर बिजुली आपूर्तिको प्रत्याभूति दिनसक्नु पर्दछ । कुलमानको यो अभियानमा सवैले साथ दिऔं र उज्यालो नेपाल अभियानमा सरिक बनौं, नेपाल बनाउने हामीले नै हो भन्ने कुरा सवैले वुझौं ।
Previous Article‘दादा लेखराज’बाट ‘प्रजापति ब्रह्मा’सम्मको अलौकिक यात्रा
Next Article ६ माघ २०७३, ढोरपाटन दैनिक