बागलुङ, २ माघ – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बित्तिय कारोबार सरकारी तथा बैध ढंगले भन्दा अबैध तरिकाले गर्दा राष्ट्रिय अर्थतन्त्रमा नकरात्मक असर परेको बताएका छन् । नेपाल बैंक लिमिटेड गलकोट शाखाको उदघाटन समारोहमा बोल्दै मन्त्री महराले यस्तो बताएका हुन् । उनले अबैध कारोबारलाई रोक्न बैङकिङ प्रणालीको बिस्तार गर्ने आफनो प्रमुख कार्ययोजना रहेको बताए । आर्थिक सम्बृद्धिका लागी पुँजि संकलन महत्वपुर्ण भएकाले बैंक प्रमुख माध्यम रहेको हुँदा ‘एक घर एक बैक’ खाता हुनु जरुरी भएको महराको भनाई छ । कार्यक्रममा बोल्दै सांसद चम्पादेबि खड्काले जनताको साथ र एकताबाट नेपाल बैंक पुर्नस्थापना गर्न सफल भएको बताए । अब जिर्ण भवनलाई बिस्तापित गरि नयाँ भवन निर्माणमा पहल गनुपर्ने खड्काले बताइन् । सोहि अवसरमा बोल्दै सांसद केसरी घर्तिले उत्कृष्ट सेवा र निरन्तरताका लागी शुभकामना दिएकी थिइन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी लगायतले बोलेका थिए । सशन्त्र द्धन्द्धका कारण बिस्तापित भएको बैंक १५ बर्षपछि पौष १ गतेदेखि सञ्चालन गरिएको छ । बैंकको आफनै भवन भएपनि जिर्ण भएका कारण भाडाको घरमा सञ्चालन गरिएको छ । बचत संकलन, कर्जा प्रवाह, मोवाईल बैंकिङ, ईन्टरनेट बंैकिङ, रेमिट्यान्स तथा एबीबीएस सेवा तत्काल सुरु गरेको र थप सेवा विस्तार गर्दै जाने प्रबन्धक राखलले कार्यक्रममा बताए । यसैबीच, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गलकोट क्षेत्र मौलिक कला र संस्कतिको धनी भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताएका छन् । रुस्दी युवा क्लव तथा माघे संक्रान्ति मेला व्यवस्थापन समिति हरिचौर–२ सिमलबोटकोे २७ औँ वार्षिक उत्सव तथा माघेसंक्रान्ति मेलाको शनिवार हरिचौरमा उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले उक्त भनाई राखेका हुुन् । उनले माघे संक्रान्ति पर्व उत्पादन शक्तिसँग जोडिएकोले यस पर्वको आप्mनै पहिचान भएको बताए । उक्त कार्यक्रममा यमबहादुर श्रीसले मगर संस्कृतिको सांस्कतिक र ऐतिहासिक पक्षका बारेमा प्रकाश पारेका थिए । मेलामा आयोजक रुस्दी युवा क्लव तथा माघे संक्रान्ति मेला व्यवस्थापन समिति हरिचौर–२, संस्कृति संरक्षण मञ्च काँडेबास बागलुङ र घुम्टे प्राकृतिक तथा संस्कृतिक विकास मञ्च पाण्डवखानीले सोरठी गीत र नृत्य, संगम युवा कल्व हरिचौरले साराङ नृत्य, जनजाति बाजा समूह अर्गल र जनजाति बाजा समूह हिलले नौमति बाजा प्रदर्शन गरेका थिए । खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा देउराली युवा क्लब हिल प्रथम आयोजक द्वितीय, खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सामुदायीक रेडियो गलकोट प्रथम, आयोजक द्वितीय, खुल्ला एकल नृत्य प्रतियोगितामा रिमा घर्ती प्रथम र अर्पणा शाही द्वितीय भएका छन् । कार्यक्रम वडा नागरिक मञ्च हरिचौर–२ का संयोजक मनिकला रानाको अध्यक्षता, रुस्दी युवा क्लवका उपाध्यक्ष शिवा थापाको स्वागत र कल्वका सदस्य बिपिन श्रीसको सञ्चालनमा सम्पन्न भएका थियो । शनिवार नै उपप्रधान तथा अर्थमन्त्री महराले कृषि तथा पशुपालन विकास समिति हरिचौरले आयोजना गरेको कृषि मेला प्रदर्शनी तथा पशुपालन सम्बन्धी लोकगीत तथा नृत्य प्रतियोगितालाई पनि सम्बोधन गरेका थिए । शनिवार नै नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका महराले गलकोट क्षेत्रका अगुवा कायकर्तासँग भेटघाट कार्यक्रकमलाई समेत सम्बोधन गरेका थिए ।