काठमाडौं २६ पुस – युवराज चौलागाई पार्श्र्व गायनमा चर्चित नाम हो। नोभेम्बर रेनको ‘तिमीलाई म के भनूँ’ र क्लासिकको ‘हारेँ हारेँ’ जस्ता वियोगात्मक गीतपछि उनको चर्चा चुलिएको हो। यी गीतबाट उनले थुप्रै अवार्ड हात पारिसकेका छन्। उनै युवराजको नयाँ गीत ‘एक्लै जिउने रहर छैन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार प्रभात सुवेदीको शब्दमा ‘प्रभात’ एल्बममा समावेश यस गीतमा प्रल्हाद बोगटी सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ। अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा युवराज र विपना थापाले अभिनय गरेका छन्। वियोगात्मक सङ्गीत मन पराउने स्रोताले गीत एकदमै रुचाइरहेको गायक युवराजले बताए।