सन्दर्भ : पुष २७
मकवानपुरबाट पृथ्वी फर्की गोरखा जादै थिए ।
नेपाल खाल्डो एक पल्ट हेर्ने अभिलाषा लिए ।
ओढी घुम साथीहरुसंग उनी चन्द्रागिरीमा आए।
देखी तीन शहर मन लोभियो जुँगामा ताउ लाए।
लिए उनले मनभित्र राजा नेपालको हुने चाहना।
हेरि उनको मुहार गरे ज्योतिषीले पूरा हुने कामना।
सेना प्रमुख अनि भारदरसंग उनको कुरा भयो।
ठुलै दुख पछि अन्तमा उनको चाहना पूरा भयो।
थिए पृथ्वी दुरद्रस्टा नेपालको एक पार्ने चाहना लिए।
गरि संघर्श जीवन भरी बिशाल नेपाल सुम्पि दिए ।
भन्छन् कसैले पृथ्वी त एकदम महासामन्त थिए ।
प्रयोग गरि छ्ल-वल उनले अरुको अधिकार लिए।
यदि त्यसो नगरेको भए आज नेपाल कता जान्थ्यो?
प्रयोग गरि दण्ड र भेद साम्राज्यवादीले नै लान्थ्यो।
अभिलाषा पृथ्वीको जगमा देशको एकीकरण भयो।
कारण त्यसै स्वरुप आज नेपाल एकढिक्का भइ रह्यो।
किस्ता किस्ता गरि फ़ेरि यो देश फोड्ने काम नहोस् ।
मेरो प्यारो देश नेपाल सधैं एक ढिक्का भइ रहोस् ।
Previous Articleसहकारी संघद्वारा साढे ५ करोडको दुध बिक्री
Next Article यतिवेला नेपाल निर्णयात्मक मोडमा