काठमाडौं, २३ पुस – एफए कप फुटबलमा म्यानचेष्टर सिटीले वेष्टहृयाममाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा सिटीले वेष्टहृयाममाथि ५-० गोल अन्तरको जित हात पारेको हो ।
वेष्टहृयामको घरेलु मैदानमा भएको खेलमा सिटीले ३३ औं मिनेटमा याया टोरेको गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा घरेलु टोलीका नोर्डभाइले आत्मघाती गोल गरे भने दुई मिनेट लगतै सिल्भाले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
५० औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे भने ८४ औं मिनेटमा स्टोनले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।
Previous Articleमिलनकान्छा किराँती – युद्धको सपना
Next Article कथा-सुन्तलीले दिएको चोट