काठमाडौं, २३ पुस – स्थानीय तह पुर्नसंरचना आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीय तह पुर्नसंरचना सम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार सात सय १९ वटा स्थानीय तहका जम्मा ६ हजार पाँच सय ५३ वडा हुनेछन् । प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, दुर्इ सय ४१ नगरपालिका र चार सय ६२ गाउँपालिका प्रस्ताव गरिएको छ ।
काठमाडौँ, ललितपुर, चितवन र कास्की गरेर चारवटा महानगरपालिका बन्ने छन् । महानगरपालिकामा एक सय २३ वटा वडा रहने छन् भने १२ वटा उपनगरपालिकामा दुई सय ५१ वडा कायम गरिएको छ । प्रतिवेदनमा नगरपालिकाको संख्या दुई सय ४१ उल्लेख गरिएको छ जहाँ दुई हजार आठ सय १० वडा रहने छन् । चार सय ६२ गाउँपालिकामा तीन हजार तीन सय ६९ वडा रहने प्रस्ताव गरिएको छ ।
शुक्रबार दिउँसो पुर्नसंरचना आयोगका अध्यक्ष डा. बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे मार्फत् प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् । नेपाली कागजमा तयार भएको १६ भागमा विभाजित १७ सय १८ पृष्ठको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले अध्यायनका लागि स्थानीय विकास मन्त्री पाण्डे र नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई दिर्नेशन दिएका छन् ।
सरकारले वुझ्यो प्रतिवेदन, सात सय १९ स्थानीय तह बन्ने
Previous Article‘अमेरिकाको कथा भनेकै प्रगतिको कथा’
Next Article भन्सारका २९ कर्मचारी हटाइए, अनुसन्धान सुरु