काठमाडौं, २३ पुस – नेकपा एमाले लगायत नौ विपक्षी दलले संसदवाट संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्न नदिने बताएका छन् । उनीहरुले विधेयक माथि संसदमा छलफल समेत गर्न नदिने चेतावनी दिए ।
विपक्षी दलले शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै विपक्षी दलका नेताहरुले संविधान संशोधन विधेयकले मुलुकलाई बिखण्डन गर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विभाजन गर्ने उदेश्यसहित राजनीतिक अस्थिरता कायम गर्न विधेयक ल्याइएको आरोप लगाए । उनले २०७४ माघसम्ममा सबै तहको निर्वाचन गर्न नसकिएमा संबैधानिक तथा राजनीतिक संकट निम्तिने बताए । ‘अहिलेको सरकारलाई निर्वाचन भन्दा पनि आयु लम्बाउने चिन्ता छ’, ओलीले भने, ‘सरकार बेला न कु बेला संविधान संशोधन गराउन खोज्दै छ ।’
ओलीले संविधान संशोधनको विधेयक कुनैपनि हालतमा पारित हुन नदिने चेतावनी दिए । ‘राष्ट्रिय हितलाई तलमाथि हुन दिइने छैन । संसदबाट राष्ट्रहित विपरितको प्रस्ताव छलफल हुन दिइने छैन ।’ ओलीले भने, ‘एमाले संसदमा हैसियत साथ उपस्थित छ ।’
मधेसी र सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले केही तत्व निर्वाचन हुन नदिन लागेको बताए । उनले भने ‘हिँजो संविधान लागू गर्न नदिनेहरू, जलाउनेहरू र च्यात्नेहरूनै अहिले निर्वाचन हुन नदिने कोशिश गरिरहेका छन् ।’
ओलीले अहिलेको संविधान संशोधनको प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने भन्दै मैत्रीभाषालाई समाप्त पारेर हिन्दीलाई अघि बढाउने अहिलेको संशोधन प्रस्ताव गलत भएको बताए । ‘मैथीली, भोजपुरी लगायत अन्य भाषामा प्रहार हुन थालेको छ,’ उनले भने । साथै उनले जनता विरोधमा उत्रिरहेको बेलामा अन्य कतैको आदेशमा संविधान संशोधनमा लागिपरिरहेको बताए ।
जनताहरू प्रशासनिक दुर्गमता हुने भन्दै प्रस्तावको विरोधमा उभिएको भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको ओलीले आरोप लगाए । ओलीले सकारले संविधान संशोधनको नाममा मधेश र पहाडका बीचको सम्बन्धलाई टुक्राउन खोजिएको दावी गरे । उनले अहिले पनि मधेश र पहाड दुबै ठाउँमा जनताले सरकारको प्रस्तावको विरोध गरिरहेको भएपनि तराईको नाममा राजनीति गरेर आफ्नो दुनो सोझ्याउनेहरूले बेलैमा सचेत हुनुपर्ने बताए ।
चर्को रुपमा प्रस्तुभएका ओलीले भाषण गरिरहँदा मञ्च अगाडि बसेका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । नेपाल अब कसैसँग नझूने भन्दै ओलीले अव लम्पासपर्नेहरुको दिन सकिएको बताएका थिए ।
‘राष्ट्रियताको पक्षमा काठमाडौं जागेको छ, राजधानीको मात्र होइन, देश व्यापी रुपमा फैलाउनु पर्छ ।’ सत्तारुढ दलहरुप्रति कटाक्षगर्दै ओलीले भने ‘नेपाल ज्युदो राष्ट हो । पुर्खाले लम्पसार पर्न सिकाएनन, घुडा टेक्न सिकाएनन, लम्पसारवादलाई घृष्णा गर्छन् ।’
सभालाई सम्बोधन गर्दै माले महासचिव सीपी मैनालीले केपी ओली नेतृत्वको राष्ट्रवादी सरकारलाई विस्थापित गरेर गठनगर्न गरिएको पुष्पकमल दाहाल प्रचण्ड सरकार भारतीय स्वार्थ पूरा गर्न तल्लिन रहेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई बिखण्डन गर्ने ‘ग्राइण्ड डिजाइन’ अन्तरगत ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न नदिने बताए । उनले विगतको गल्तीका कारण प्रदेश नम्बर २ बाट पहाडी जिल्ला अलग भएको बताए ।
नेमकिपाका प्रेम सुवालले सरकारले ल्याएको संविधान संशोधन राष्ट्राघाती भएको आरोप लगाए । जनमुक्ति पार्टीका शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान लगायतले सरकारले आफ्नो आयु लम्बनाउन राष्ट्रघाती संशोधन विधेयक ल्याएको आरोप लगाएका थिए ।
सभाअघि काठमाडौंका विभिन्न स्थानवाट जुलुस निकालिएको थियो । विपक्षीको सभाका कारण राजधानीको ट्राफीक व्यबस्था अस्तव्यस्त बनेको थियो । विपक्षी दलको सभामा दशौ हजारको सहभागिता रहेको थियो ।
संशोधन विधेयक संसदमा छलफल समेत हुन दिँदैनौं-ओली
Previous Articleकोरला नाका खोल्न मध्यमार्गी नीतिः शेरचन
Next Article ‘अमेरिकाको कथा भनेकै प्रगतिको कथा’