बाजुरा, २२ पुस-पाण्डुसैन गाउँ विकास समिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन् । उनी अहिले आँखा देख्न र हिडडुल गर्न नसक्ने भएकी छिन ।
साथीसँग गफ गर्दै गर्दा पति आएर किन ? कस्लाई ? फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको पीडितले बताइन् । घरमै बसेर कार्यालयको कागजपत्र तयार गर्दै थिएँ, श्रीमान आएर लात्तैलात्ता लगाएको बताउँदै उनले भनिन्, ‘ममाथि कुटपिट हुन थालेपछि छिमेकीको घरमा पुग्न पाएकीले मात्र ज्यान बचेको हो ।’
छिमेकी नभएको भए मेरो ज्यानै जाने थियो, उनले भनिन् । हाल उनी जिल्ला प्रहरी कार्यालय बाजुराको सहयोगमा उपचार गराइरहकी छन । उनको आँखामा गम्भीर चोट लागेको र बाँया हातसमेत फ्रयाक्चर भएको छ । प्रहरीका अनुसार उनको शरीरका विभिन्न भागमा समेत घाउचोट लागेको छ । राजधानी
Previous Articleकसरी भित्रियो एकैपटक ३३ किलो सुन ?
Next Article सत्ता-विपक्षी राजनीतिक भिडन्तको नयाँ आयाम सुरु