पर्वत, २१ पौष – कानुनी शासन प्रणालीको लागु सँगै नियम पद्धति र न्यायको बाटो देखाउने अदालतले नै कानुनी शासनको दुरुपयोग गरेको छ । पर्वत जिल्ला अदालतले कर्मचारी नियुक्तिका क्रममा सुचना सार्वजनिक नै नगरी गोप्य रुपमा नियुक्ति गर्ने प्रयास गरेपछि कानुनी शासनको दुरुपयोग भएको हो । पर्वत जिल्ला अदालतले डिट्टठा कर्मचारी पदमा कर्मचारी नियुक्तिका लागि गोप्य सुचना जारी गरेको हो । पुस १७ गते सार्वजनिक हुनुपर्ने सूचना अदालतले सार्वजनिक नै नगरी कर्मचारी नियुक्ति गर्ने प्रयास गरेको हो । विज्ञापनमार्फत कर्मचारी छनोट गर्नुपर्ने प्रावधान रहेपनि अदालतले कुनै सुचना नै सार्वजनिक नगरी कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएपछि समस्या उत्पन्न भएको छ । करारमा कर्मचारी नियुक्ति गर्ने कुरा सामान्य भएकाले विज्ञापन नगरिएको अदालतका शाखा अधिकृत दयाराम पोख्रेलले जानकारी दिए । सूचना सार्वजनिक नगरिनु आन्तरिक कारण भएको समेत उनले प्रस्टाए । कर्मचारी नियुक्तिका लागि खबरकर्मीले सोधपुछ गरेपछि १७ गते कार्यालय परिसरमा टाँस गर्नुपर्ने सूचना २० गते मात्रै टाँसिएको थियो । स्रोतका अनुसार अदालतले दिउँसो २ बजे मात्रै सूचनापार्टीमा सूचना टाँस गरेको हो । करार सुचीमा कर्मचारी नियुक्ति हुने र दिर्घकालीन कर्मचारी नियुक्ति प्रक्रिया नभएकाले सूचना बाहिर नल्याइएको पोख्रेलले बताए । सूचना अनुसार जो कोही नेपाली नागरिकले पनि सात दिन भित्र दरखास्त दिने विवरण उल्लेख गरिएको छ । कर्मचारी नियुक्ति प्रक्रियामा अदालतमा नातावाद र कृपावादको प्रबृति हावी हुदै आएको र डिट्टठा पदमा पनि त्यही पद्धति दोहो¥याउन सूचना सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।
Previous Article२१ पौष २०७३, ढोरपाटन देनिक
Next Article धौलागिरीमा लाईसेन्स वितरण खुल्यो