बागलुङ, १७ पौष – नेपाल राष्ट्रिय बाणिज्य संघ बागलुङको दोस्रो साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार पर्वतको नयाँ पुलमा सम्पन्न भएको छ ।
साधारणसभा तथा बनभोज कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष कृष्ण पाण्डेले सबै व्यापारीहरुलाई एकताबद्ध गराई व्यापारीहरुको हक र हितमा काम गर्नको अनुरोध गरेका थिए । कार्यक्रममा नेकपा एमालेकी वैकल्पीक केन्द्रिय सदस्य मना केसी, एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाल राष्ट्रिय वाणिज्य संघका निर्वतमान अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेल र व्यवसायी रामकृष्ण शर्माले बोलेका थिए ।
उक्त अवसरमा अनुप रिजालको अध्यक्षतामा २ जना पछि थप गर्ने गरी १७ सदस्यीय नेपाल राष्ट्रिय वाणिज्य संघ नगर कमिटी गठन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा कृष्ण कार्की, सचिवमा विरेन्द्र पुन, सह–सचिवमा कृष्णबहादुर केसी, कोषाध्यक्षमा कृष्णराज शर्मा, सदस्यहरुमा नारायण शर्मा, भोलानाथ गौतम, शेरबहादुर खड्का, रामबहादुर अधिकारी, जिवन जिसी, राहुल बोहरा, तारामाया श्रेष्ठ, रामबहादुर केसी, कृष्णप्रसाद भट्टराई, महेन्द्र शाह रहेका छन् ।
यस्तै सल्लाहकारमा खगराज शर्मा शिवलाई चयन गरिएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघ बागलुङका अध्यक्ष पुनम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गा कुँवर र संचालन महासचिव प्रकाश चालिसे गरेका थिए ।