काठमाडौं, १५ पुस – खेलको अन्तिम समूहमा श्रीलङकाले दिएको आत्मघाती गोल उपहारमा नेपाल भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार समूह ए अन्तर्गत आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङकालाई १–० पराजित गरेको हो। ८७ औ मिनेटमा श्रीलङकाकी गुनाबर्दनेले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक साबित भएको थियो। यस जितसँगै नेपालले तीन खेलमा ९ अंक जोडेको हो।
नेपालका प्रशिक्षक कुमार थापाले भने‘विपक्षी प्रशिक्षकले अपनाएको रणनितीमा उनीहरु सफल भए।उनीहरुले हामीलाई अन्तिम समयसम्म पनि बराबरीमा रोक्न सफल भए तर अन्ततः हामीले नजिता आफ्नो पक्षमा पार्न सफल भयौ।’
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा भुटानलाई ८–० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो। नेपाले १८ गते (सोमबार)हुने सेमिफाइनलमा समूह बि को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।
Previous Articleसंशोधन विधेक पारित नभए मोर्चाले चुनाव गर्न नदिने
Next Article मुस्ताङमा थकालीको १२ वर्षे पर्व ‘ल्हफेव’ सुरु