बागलुङ, १० पौष – बागलुङ गल्कोट बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा डा. दिनबहादुर थापा चयन भएका छन् । सहकारीको नवौ बार्षिक साधारणसभाले डा. थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रविन्द्रप्रसाद श्रेष्ठ, सचिवमा हुमबहादुर थापा, सहसचिवमा हरिलाल सुवेदी र कोषाध्यक्षमा भक्तिराम न्यौपाने चयन भएका छन् । सदस्यहरुमा दलबहादुर थापा, पूर्णराज रेग्मी, रामराजा कँडेल, खुमाकुमारी पौडेल, ज्योती श्रेष्ठ र सीताकुमारी सुवेदी रहेका छन् । लेखा समितिको संयोजकमा नेत्रलाल न्यौपाने, सदस्यमा निर्मला श्रेष्ठ र लालबहादुर रेग्मीलाई चयन गरिएको छ । कार्यक्रममा सह–प्रध्यापक बिष्णुप्रसाद शर्मा पौडेल, सल्लाहकार अर्जुन चोखाल, उद्यमी ऋषीराम रोका र लेखा समिति सदस्य सरस्वती शर्माले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा शेयर सदस्यका छोराछोरीतर्फ एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक बिद्यालयबाट सचेत रेग्मी, मेलिना पुन, निजी बिद्यालयवाट सुदिप कार्की र निशा पौडेललाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नियमित बचतकर्ता गिता रेग्मी, शेरबहादुर थापा, सवोत्कृष्ट कारोवार गर्ने लालबहादुर रेग्मी, असल ऋणीमा दलबहादुर थापा र उमा पुन तथा कर्मचारी कल्पना थापा, जमुना सुवेदी, निशा शेरचन र ज्योती जिसीलाई सम्मान गरिएको थियो । २ सय २२ जना शेयर सदस्य १ करोड शेयर रकम रहेको सहकारीले गत बर्ष १३ करोड ६४ लाख बरावरको कारोवार गरेको संस्थाका कोषाध्यक्ष भक्तिराम न्यौपानेले जानकारी दिए । कार्यक्रम संस्थाका अध्यक्ष डाक्टर दिनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष रविन्द्र श्रेष्ठको स्वागत र सचिव हुमबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।