बागलुङ, १० पौष – सातौं राष्ट्यि खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि आइटिएफ तेक्वान्दोको प्रतिस्पर्धा झापाको दमकमा शुरु भएको छ ।
पहिलो दिनको स्पायरिङ प्रतिस्पर्धामा पश्चिमाञ्चल बिकास क्षेत्रबाट सहभागी महिला (४५–५०) केजी स्पायरिङमा बागलुङकी रिता अधिकारीले रजत पदक जितेकी छिन् । सेमी फाइनलमा रिताले मध्यमाञ्चलकी सोनी खड्कालाई पराजित गरेकी थिइन् । तर फाइनलमा नेपाल आर्मि क्लबकी निश्मा बस्यालले स्वर्ण पदक हात पारिन् ।
यसैगरी, पुरुष (४५–५०) केजी तर्फ बागलुङका दिपक गौतम फाइनलमा प्रबेश गरेका छन् । प्रारम्भमा मध्य–पश्चिमाञ्चलका संगम बिकलाई पराजित गरेका दिपकले सेमीफाइनलमा पूर्वाञ्चलका प्रभात कार्किलाई पराजित गरी फाइनलमा प्रबेश गरेका छन् । आइतबार फाइनल प्रतिस्पर्धामा पश्चिमाञ्चलबाट सहभागी दिपकले नेपाल आर्मि क्लबका पूर्णबहादुर मगरसंग प्रतिस्पर्धा गर्नेछन् ।
Previous Article२०७३ पौष १० गते आईतबारको राशिफल
Next Article प्रधानमन्त्री जी भागिरहनुभएको छ–महासचिव पोखरेल