बागलुङ, ९ पौष – सन् २०१४ देखि २०१६ सम्ममा जिल्लामा सुविधा सम्पन्न ३५ वटा बालविकास केन्द्र निर्माण भएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन र सेतो गुराँस बालविकास सेवाले मल्म, दुदिलाभाटी, काँडेवास, रिघा, बागलुङ नगरपालिका, बिनामारे, सर्कुवा, र दमेकमा गरी ती केन्द्र बनाएको हो । शिक्षित भविष्य परियोजना मार्फत सबै बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकालाइ खाजा खाने टिफिन बक्स, झोला, शैक्षिक सामाग्री, खेल सामाग्री र सहयोगी कार्यकर्ताका लागि तालिम समेत दिएको हो । सेभ द चिल्ड्रेनले सन् २०१४ मा ३ लाख ५० हजार देखि सन् २०१६ मा ५ लाख ५६ हजार रुपैयाँ सम्म सहयोग गरेको थियो । उक्त सहयोगमा अभिभावकले थप सहयोग जुटाएर १० लाख रुपैयाँ सम्ममा भवन निर्माण गरेका हुन् । यो अवधिमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले १७ र सेतो गुराँसले २२ वटा भवन बनाएको हो । तीन बर्ष देखि संचालित परियोजनाको बर्हिगमन तथा समिक्षा कार्यक्रममा उक्त जानकारी दिइएको हो । ती भवन तथा व्यवस्थापन बारे जिल्लाका सरोकारवालाले अर्धवार्षिक र बार्षिक अनुगमन समेत गरेका छन् । साथै अनुगमनबाट देखिएका राम्रा र सुधारगर्नुपर्ने पक्ष बारेमा समिक्षा गरिएको हो । समिक्षामा सहभागिले बालबालिकाले फराकिलो र उज्यालो कोठामा बसेर पढ्ने अवसर पाएको बताए । त्यस्तै बसाइका लागि न्यानो कार्पेट बिच्छ्याइएको, ६ वटा सिकाइ कुनाहरु रहेको, तालिम प्राप्त सहजकर्ताको व्यवस्था, अभिभावकको सक्रियता, प¥र्याप्त शैक्षिक सामाग्रीको समेत व्यवस्था गरिएको सहभागिले बताए । अभिभावकले नियमित रुपमा छलफल गरेर केन्द्रको विकास बारे नयाँ योजना बनाउँछन् भने सहयोगी कार्यकर्ताले नियमित रुपमा घुम्ती बैठक बसेर नयाँ शैक्षिक सामाग्री निर्माणगर्ने तथा छलफल पनि चलाउने गरेका छन् । यो अवधिमा केन्द्र आसपासका सबै बालबालिका भर्ना भएर पढ्न आएका छन् । बागलुङमा ३ सय ९१ बालविकास केन्द्र स्थापना भइ संचालनमा आइसकेका छन् । ती मध्ये केहीमा अहिले पनि भवन निर्माण हुन नसक्दा छाप्रोमा बसेर बालबालिकाले पढ्न बाध्य छन् । कार्यक्षेत्रमा भेटिएका त्यस्ता केन्द्रलाइ पनि कक्षा कोठा व्यवस्थापन र छाना छाउनका लागि सहयोग गरिएको छ । त्यस्तै बालबालिकाको सिकाइ उपलब्धी बारे अध्ययन भएको छ । उक्त अध्ययनबाट बालबालिकाको उपलब्धी बढेको देखिएको हो । कार्यक्रम बर्हिगमन भएपनि आगामी दिनमा चुस्त दुरुस्त संचालन गर्न पहल गरिने सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । नियमित अनुगमनको संयन्त्र समेत बनाएर बालविकास केन्द्रलाइ अझै सफलताको उचाइमा पु¥याउने उनले बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बालबालिका नै हाम्रो भविष्य भएकोले उनीहरुको गुणस्तरीय सिकाइका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । गाजा डेभलपमेन्ट फाउन्डेसनका कावा अध्यक्ष यामप्रसाद कंडेलको अध्यक्षता, कार्यक्रम संयोजक नवराज थापाको संचालन र सेतो गुराँस बालविकास सेवाका अध्यक्ष महेशचन्द्र प्रधानको स्वागतमा सम्पन्न कार्यक्रममा सेतो गुराँसकै पम्फा खड्का र कालिका सापकोटा तथा फाउन्डेसनका नवराज थापाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Previous Articleउच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याेट
Next Article अहिलेको सरकार नेपाल र नेपालीको हैनः ओली