धादिङ, ७ पुस – लोकतान्त्रीक विधी त्यागेर प्रतिपक्षले आफूलाई बदनाम गर्न अभियान चर्काएको आरोप प्रधानमन्त्री पुष्पकमल दाहालले लगाएका छन् ।
बिहीबार पाँचौ धादिङ महोत्सवको उद्घाटन गर्दै प्रम दाहालले प्रतिपक्ष एमालेले आफूले उतिबेला राखेको ५ नम्बर प्रदेशको प्रस्तावलाई चटक्कै बिर्सेर बदनाम मात्रै गर्न आफ्नो टाउकोमा मात्रै हालेको गुनासो गरे ।
सरकारद्वारा संसदमा पेश हुने कुनैपनि प्रस्ताव लोकतान्त्रिक विधीद्वारा समर्थन वा अस्विकार गर्ने प्रतिपक्षको अधिकार हुँदाहुँदै सबै विधी र मान्यतालाई बिर्सेर एमाले संसदमा आउन पनि डराएको आरोप लगाए । प्रम दाहालले भने, ‘मैले बारम्बार लोकतान्त्रिक विधीद्वारा संसदबाट प्रस्ताव फेल गर्दिनुस् भनेर भनेकै छु ।’
प्रधानमन्त्रीले आफूले गर्दै नगरेको काम गरेको भनेर एमालेले गलत आरोप लगाएको बताउँदै भने, ‘प्रचण्डले लुम्बिनी बेच्यो, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन थाल्यो समेत भन्न थालियो ।’ आफूले दुई शक्तिशाली मुलुकलाई सन्तुलित व्यवहार गरेर मात्रै अघि बढ्न खोजेको र छिमेकी दुई देशको सहयोग नभई नेपाल अघि बढ्न नसक्ने समेत बताए ।
आफ्नो सरकारले राखेको संविधान संशोधन प्रस्तावपछि आन्दोलित मधेसी, थारु, आदिवासी सबैसँग कुरा मिल्दै जाने र संविधान कार्वान्यनमा जाने निश्चित भएको बताउँदै दाहालले कुनै एक समुदायलाई अलग्गै राखेर मात्रै देश एकताको सुत्रमा बाध्न नसकिने बताए ।
आफू प्रधानमन्त्री भएपछि देशमा राष्ट्रिय गौरवका आयोजनाहरु निकै अघि बढेको भन्दै बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य यथासिघ्र सुरु गरिने पनि बताए ।
प्रतिपक्षले बदनाम गर्ने अभियान चर्काए- प्रधानमन्त्री
Previous Articleनागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणका लागि सम्झौता
Next Article लोकमानलाई सर्वोच्च अदालतमै कालो मोसो