रौतहट, ६ पुस – छोराको विवाह गर्दा लिएको दाइजो रकम केटापक्षले छोरीका बाबुलाई फिर्ता गर्न थालेका छन । कटहरिया गाविसका २१ वर्षीय सद्दाम मनसुर र संखुवा धमौरा गाविसकी १९ वर्षीया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ता गरिएको हो ।
एक वर्षअघि छोराको विवाह गर्न कुरा छिन्दा कटहरिया मो इम्रानले छोरीका बाबुसँग लिएको ५० हजार रुपैयाँ गत बिहीबार विवाहको दिन केटीका बाबु मो मुकन्दरलाई फिर्ता गरेका हुन् ।
इम्रान बाहेक अन्य दुई परिवारले पनि दाइजो रकम फिर्ता गरेका छन् । दाइजो लिनेदिने काम राम्रो नभएको र यसले समाजमा नराम्रो असर पर्ने बुझेपछि रकम फिर्ता गरेको इम्रानले बताए । अन्नपूर्ण
Previous Articleआलोचनात्मक दृष्टिमा सञ्चार माध्यम
Next Article एक लाख २० हजार अपराधी अझै फरार