जेनेभा, ६ पुस – एक महिना पहिले सुडानबाट अपहरणमा परेका संयुक्त राष्ट्र सङ्घको शरणार्थीसम्बन्धी संस्था (युएनएचसिआर) मा कार्यरत दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको राष्ट्र सङ्घले जनाएको छ। राष्ट्र सङ्घका तीनैजना कर्मचारीलाई सुडानको द्वन्द्वग्रस्त डार्फर क्षेत्रबाट एक सशस्त्र समूहले गत नोभेम्बर २७ मा डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरण गरेको थियो।
राष्ट्र सङ्घका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिना पहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत दुई जना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराए। उनले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन्। राष्ट्रसङ्घले अपहरण मुक्त उनीहरुबारे यसभन्दा बढी विस्तृत जानकारी उपलब्ध गराएको छैन।
तत्काल यस समयमा हाम्रा सहकर्मीको स्वास्थ्य र हितका लागि र उनीहरुका प्रियजनको हितका लागि ध्यान केन्द्रित गरिने युएनएचसिआरका प्रवक्ता एड्रिएन एडवार्डसले सञ्चारकर्मीसँग बताए। पछिल्ला केही वर्षमा सुडानमा मानवीय सहयोगमा खटिएका कैयौँ स्वदेशी तथा विदेशी अपहरणमा पर्ने गरेका छन्। रासस
Previous Articleबन्ने भयो नेपालकै पहिलो नागढुङ्गा–नौविसे सुरुङमार्ग
Next Article आलोचनात्मक दृष्टिमा सञ्चार माध्यम