राजेशचन्द्र राजभण्डारी
अहिले गाउँ गाउँमा बिकास पसेपछि
हाम्रो वर पिपल ढल्दै गएकाछन्
अहिले सबैलाई बिकास चाहिएको छ
अहिले सबैलाई सडक चाहिएको छ
कसैलाई पनि माया छैन वर पिपलकाे
मान्छेलाई शितल छहारी दिने वर पिपल
अहिले सबै गाउँलेकाे ताराे बनेकाे छ
दिनहुँ गाउँमा डाेजर चलेको छ
दिनहुँ पुर्खाले राेपेकाे वर पिपल
अाफ्नै अगाडि डाेजरले ढालिरहदा
हामी चुपचाप टुलटुलु हेरेर बसिरहेका छाै
अहिले कसैलाई मतलब छैन
गाउँघरकाे पुरानो वर पिपल जाेगाउन
अहिले बिस्तारै मान्छेलाई स्वच्छ हावा
दिने वर पिपल मासिदै गएको छ
नासिदै गएको छ
किनकि अहिले हामीलाई बिकास चाहिएको छ
अहिले हामीलाई गाउँ गाउँमा पुग्न
माेटर बाटाे चाहिएको छ
हामीलाई पुरानो वर पिपल हैन
अाधुनिक बिकास चाहिएको छ ।