बागलुङ, ५ पौष – संरक्षक समाज बागलुङको प्रथम वार्षिक साधारणसभा सोमबार बागलुङमा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले संरक्षकहरुको समस्या आमसमाजको समस्या भएकाले भोलिका दिनमा यसको अपनत्व ख्याल गर्नुपर्ने बताएका थिए । उनले संस्थाको दिगो विकासका लागि आम्दानीको स्रोतलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । मानसिक र शारीरिक रुपमा पूर्णमा अशक्त विरामीहरुको हेरचार तथा आत्मनिर्भर बनि मानसिकताबाट एक कदम अगाडि ल्याउने, संस्थालाई दिगोपन दिनको लागि संरक्षकहरुलाई केही रुपमा सहज आओस भनि गत वर्ष चैत्र २८ गते संरक्षक कृषि सहकारी संस्थाको नामबाट डिभिजन सहकारी कार्यलयमा दर्ता गरेको समाजकी अध्यक्ष शर्मिला थापा क्षेत्रीले जानकारी दिइन् । कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश गौतम, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव धर्म कुवँर, प्रजातन्त्र पार्टीका नविन सर्वुजा, संघीय समाजवादी पार्टीका भक्तबहादुर विक, महिला तथा बालवालिका कार्यालयकी सरस्वती रेग्मी, तथ्याङक कार्यलयका मुकुन्द शर्मा, जिल्ला स्वास्थ्य कार्यलय जनस्वास्थ्य अधिकृत जिवन शाक्य, पशु सेवा कार्यालय बागलुङका बालकृष्ण शर्मा, लिड्सका कार्यकारी निर्देशक पदमराज श्रेष्ठ, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेश राजभण्डारी, महिला अधिकारकर्मी लक्ष्मी बास्कोटा, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, सहयात्रा नेपालीकी शकुन्ताला शर्मा, मानव अधिकार संगठन बागलुङका अध्यक्ष अम्मर बहादुर कार्की, उच्च अदालत वार एशोसियशन बागलुङका अध्यक्ष केशव पराजुली, संरक्षक समाज म्याग्दीकी अध्यक्ष निशा जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संरक्षक समाज बागलुङकी अध्यक्ष शर्मिला थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सचिव विमला थापा र संचालन उपाध्यक्ष इन्द्रा शर्माले गरेकी थिइन्भने कार्यक्रमको बारेमा शोभा काउचाले प्रकाश पारेकी थिइन । संस्थाले संरक्षकहरुको मानसिक, आर्थिक र सामाजिक स्थितीमा सुधारका लागि जिविकोपार्जन शिक्षा तथा विकास संस्थाको सहयोगमा संरक्षकहरुलाई एकजुट गराउने, विभिन्न बैठक, जनचेताना मुलक कार्यक्रम तथा तालिमहरु संचालन गर्दै आएको छ ।
Previous Articleकेन्द्र परिवर्तन गर्न ज्ञापनपत्र बुझाईयो
Next Article ५ पौष २०७३, धौलागिरी स्टार साप्ताहिक