बागलुङ, ५ पौष – राज्य पुर्नसँरचना गर्दा बागलुङको देबिस्थान गाबिसलाई अन्याय गरेको भन्दै त्यसलाई परिवर्तन गर्न माग गर्दै स्थानियले राजनीतिक दललाई ज्ञापनपत्र बुझाएका छन् । सदरमुकाम बागलुङ बजारमा एक कार्यक्रम गरि देबिस्थान, निसी, बोहरागाउँ, राजकुट गाउँपालिकाको केन्द्र बोहरागाउँको झिँवाखोला केन्द्र बनाउँदा देबिस्थानका जनतालाई सेवा लिन समस्या पर्न जाने भएको हुँदा सो निर्णय फिर्ता लिन माग गर्दै अन्यथा आफुहरू बुर्तिबाङ केन्द्रमा जाने देबिस्थान गाविस संघर्ष समितिका संयोजक ईन्द्रबहादुर मल्लले बताए । ४ गाबिसको केन्द्र निसीखोलामा राख्ने सहमति बिपरित अहिले झिँवाखोलामा गाउँपालिकाको केन्द्र राख्ने कुरा आएको हुँदा त्यसमा आफुहरू सहमत हुन नसक्ने बरू बलिदान गर्न तयार भएको मल्लले बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओबादी केन्द्रका ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका सचिब धर्मबहादुर कुँवर, राप्रपाका अध्यक्ष टिकाराम सापकोटा लगायतका नेताहरूले सहमतिको आधारमा जानुपर्ने धारणा राखेका थिए ।