१. पूरै योजना बनाउनुस्
कुनै पनि काम योजनाबिना सफल हुँदैन । नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने योजनाको सबैभन्दा खाँचो हुन्छ । त्यसैले एउटा कागज लिनुस् र त्यसमा आफ्नो योजना स्पष्टसँग लेख्नुस् । तपाईंको योजना के हो ? उद्देश्य के हो ? तपाईंको लक्ष्य के हो ? काम गर्ने सामान्य तरिका के छ ? सबै लेख्नुहोस् ।
२. बजेट निश्चित गर्नुस्
सकेसम्म कम रकम खर्च गर्ने गरी बजेट तय गर्नुस् । हरेक क्षेत्रमा लाग्ने खर्च छुट्ट्याउनुस् । तपाईंले कति लगानी गर्दा कति फाइदा हुन्छ, केकेमा खर्च हुन्छ र भइपरी आउँदा प्रयोग गर्नसक्ने गरी राखेको डिपोजिट कति छ, सबैको प्रस्ट बजेट तयार गर्नुस् । बिनाबजेट काम गर्दा कुनै पनि बेला पछि हट्नुपर्ने हुनसक्छ ।
३. कानुनी बन्दोबस्तबारे प्रस्ट हुनुस्
कुनै पनि व्यवसायका आफ्नै नियम हुन्छन् भने राज्यले हरेक व्यवसायबारे कानुनी बन्दोबस्त गरेको हुन्छ । कर बुझाउनेदेखि सफाइ शुल्क बुझाउनेसम्म व्यवसायीको दायित्वमा पर्छ । यसबारे पहिल्यै स्पष्ट हुनुहोस् । व्यवसाय दर्ता गर्नुपर्ने स्थानदेखि पालना गर्नुपर्ने नियम पूरा गर्नुहोस् । कानुनी रूपमा जति बलियो भयो त्यति नै सफल हुने सम्भावना हुन्छ ।
४. पैसाको सुरक्षा गर्नुस्
जुनसुकै पेसा गरे पनि व्यक्तिगत खर्च र व्यावसायिक खर्च छुट्ट्याउनुहोस् । व्यावसायिक एकाउन्ट बेग्लै बनाउनुस् । कानुनी स्पष्टताका लागि पनि यो आवश्यक हुन्छ ।
५. सञ्चारको उपयोग गर्नुस्
यो युग सञ्चारको हो । सञ्चारमा पहुँच र प्रभावकारी उपस्थिति हुनेकै भागमा हुन्छ सफलता । त्यसैले सञ्चारको व्यापक उपयोग गर्नुहोस् । सामाजिक सञ्जालहरू त्यसका लागि सबैभन्दा प्रभावकारी साधन हुन् ।
(एजेन्सीको सहयोगमा)
Previous Articleवान कि मुनले कोरियाको राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने
Next Article सन्की सोच र सिर्जनात्मक विचार