काठमाडौं, ४ पुस – संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सोमबार भएको बैठक विना निस्कर्ष टुङ्गिएको छ । सभामुख ओनसरी घर्तीको पहलमा संसद सचिवालय सिंहदरबारमा भएको बैठक संविधान संसोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछोडा निस्कर्ष ननिस्किएको हो । स्थानीय निर्वाचन यथाशीघ्र गरिनुपर्छ भन्नेमा एकमत देखिएका शीर्ष नेताहरुले सदनको गतिरोध अन्त्य गर्न संवाद जारी राख्ने प्रतिबद्धता भने जनाएका छन् ।
Previous Articleअमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्याई अलपत्र पार्ने बढ्दो
Next Article चिनियाँ टोलीको मुख्य चासो ‘वान वेल्ट, वान रोड’