राज्यका नीति निर्माण तहमा महिलाको पहुँच नपुगेपनि विकास निर्माणका काममा महिला कम छैनन् भन्ने कुराको उदाहरण म्याग्दीका महिलाले देखाएका छन् । सधै चुल्हो चौकोमा सिमित हुने म्याग्दीको ग्रामिण क्षेत्रका महिलाहरु गाउँमा मोटरबाटो पु¥याउनकै लागि गहना धितो राखेका छन् । अझैपनि गाउँ घरमा हुने विकास निर्माणका कार्यमा महिलालाई खासै महत्व दिईदैन । महिलाले सामाजिक काम गर्न सक्दैनन् भन्ने सोचकै कारण गाउँमा गठन हुने समितिहरुमा राखिदैन । तर, म्याग्दीको भकिम्ली–५ राखुका महिलाले गाउँमा सडक पु¥याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाई दिएर देशभर चर्चित बनेका छन् ।
भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएको सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारका लागि आवश्यक पर्ने रकम जुटाई दिएका हुन् । गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका राजनीतिक दल र र सरकारी निकाय जिल्ला विकास समितिले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा संकलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको हो । गाउँमा मोटरबाटो पु¥याएपछि त्यहाँ उत्पादन हुने कृषि सामाग्रीको बजारीकरणमा ठूलो सहयोग पुग्ने सपना देखेका छन् आमा समूहले । गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन । सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौं भन्ने सोच आमा समूहको छ । आमा समूहकै पहलमा अहिले गाउँमा पुगेको छ । उनीहरुको कार्यले विकास निर्माणमा महिलाहरु जे पनि त्याग गर्न तयार छन् भन्ने सन्देश दिन्छ ।
वार्षिक करिब २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो । सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गर्न थालेपछि स्थानिय चकित परेका छन् । महिलाको परिश्रम गाउँमा जोडिएको सडकले सबैलाई सहज हुने छ । गाउँ विकास समिति र महिलाले करिब १२ लाख जुटाई दिएका हुन् सडकका लागि । मोटरबाटोलाई फराकिलो बनाउनको लागि अझैपनि रकम हुने बताईएको छ । अभाव रकम जुटाउनको लागि आमा समूह मात्रै होइन अब पुरुष समूहले पनि उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ । महिलालाई कमजोर ठान्ने हाम्रो पृतिसत्तात्मक समाजको सोच परिवर्तन गरी महिलालाई पनि विकास निर्माणका कार्यमा सारथी बनाउन जरुरी छ । भकिम्ली राखुका आमा समूहले दिएको सन्देश अरु ठाउँका महिलाले पनि अनुशरण गर्न जरुरी छ । जसले महिलालाई विकास निर्माणमा अभिप्रेरित गर्नुका साथै सशक्तिकरण पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।
Previous Articleनेबैलि. को शाखा १५ वर्षपछि पुर्नस्थापित
Next Article प्रम दाहालको सम्पति विवरण