बागलुङ, ४ पौष – कुँडुलेको मुक्तिनाथ बेद विद्याश्रम संस्कृत पाठशालामा अध्ययनरत बटुकहरुलाइ जाडो मौषमको लत्ता कपडा वितरण गरिएको छ । साथै उनीहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ । प्रगती श्रेष्ठ स्मृति कोषले अध्ययनरत बटुकहरुलाइ उक्त सेवा दिएको हो । बटुकलाइ जाडोमा ओड्ने च्यादर, कुर्ता लगायत सामाग्री सहयोग गरिएको हो । त्यस्तै निलगिरी अस्पतालका डा. गोविन्द गौतमद्वारा सबै बटुकको स्वास्थ्य परिक्षण गरिएको प्रअ शान्ति ज्ञवालीले बताइन् । संस्कृतमा कर्मकाण्ड लगायतको पढाइ भैरहेको विद्याश्रममा ५० जना बटुकहरु अध्यनरत छन् । कोषका अध्यक्ष अगम पालिखेको अध्यक्षता, रामराज गुरुङको स्वागत र हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न कार्यक्रममा विद्याश्रम संचालक समितिका अध्यक्ष सहदेव राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका कावा अध्यक्ष युवराज राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, प्रअ शान्ति ज्ञवाली, मनमोहन श्रेष्ठ, कृष्ण शंकर श्रेष्ष्ठ, रमेश राजभण्डारी,देवबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।
Previous Articleफोहोर व्यवस्थापन गर्न संहिता
Next Article नेबैलि. को शाखा १५ वर्षपछि पुर्नस्थापित